पानीपुरी,समोसा र चटपट, आयोजकलाई भ्याईनभ्याई बेच्नलाई छटपट (फोटो कथा)


बार्सिलोना/ बार्सिलोनामा गर्मी बढ्दै गएपछि यहाँ स्थित नेपालीहरु प्राय: समुन्द्री तटमा पुगेर रमाईलो गर्दै छुट्टीको समयलाई बिताउँने गर्दछन्। आईतबार पनि बाताबरण समुन्द्री तटमा नै पुग्ने थियो तर नेपालीहरु परिबारसँगै पानीपुरी,चना चटपट,समोसा र ममको स्वाद लिएर रमाए।

नेपाली जनप्रगतिशील मञ्च स्पेनले धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ, एयिकासँग सहकार्य गर्दै “फेस्था मायोर डेल बार्रियोमा” स्टल राखेको हो। स्टलमा, पानीपुरी र चटपट बिशेष आकर्षण बनेका थिए। चटपट बेच्दै आयोजकलाई छटपट चल्यो कारण स्टलमा राखिएका सबै परिकारहरु रित्तिए। नेपाली झन्डाहरुले सजिएको स्टलमा नेपाली मात्र पुगेनन् केहिँ बिदेशीहरुले पनि रमाउँदै पानीपुरी,चटपट र समोसा खाए।

IMG_8038नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसालले स्पेनबासी नेपाली समुदायको सहभागिताले आँफूहरु निकै उत्साहित भएको बताए। उनले भने,” पानीपुरी,चटपट,समोसा,मम बेचेर धेरै रकम संकलन गर्ने लक्ष्य भन्दा पनि गिरान्चौर एकीकृत बस्ति निर्माणको लागि स्पेनबासी नेपालीहरुको ठुलो साथ भन्ने सन्देश मिलेको छ।” प्रबासमा गरिने यस्ता कार्यक्रमले नेपालको पर्यटन तथा पर्यावरण विकासमा टेवा मिल्ने बिश्वास अध्यक्ष भुसालले ब्यक्त गरे।

मञ्चले यस अघि नै  २ हजार ५ सय ४० युरो (करिब ३ लाख रुपैयाँ) संकलन गरिसकेको छ। खाना बेचेर बचत रकमसँगै अब एकमुष्ट रकम केहिँ दिन भित्रमा नै फाउन्डेसनलाई हस्तान्तरण गर्ने मञ्चले जनाएको छ।

13509022_1099539430112376_2211728205453031008_nकार्यक्रममा स्पेन स्थित नेपाली संघसंस्था लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।  बिश्व शान्ति अभियान लिएर साईकल यात्राको क्रममा स्पेन आएका दुई नेपाली साईकल यात्री लोकबन्धु कार्की र  जनार्दन खनाल पनि कार्यक्रममा सहभागी बनेका थिए। साईकल यात्रीलाई सहयोग स्वरूप ५१ युरो प्रदान गरेको मञ्चले जनाएको छ।

13495137_1099620616770924_7827751313825777037_nIMG_8034IMG_8029IMG_8000IMG_8016IMG_8024IMG_8027IMG_8036IMG_8035IMG_8004

 

13511974_1260122797346151_4011348029916988570_n 13501813_1260122930679471_2270005634229556952_n 13516663_1260123010679463_8209527103337017936_n 13501687_1791959794424034_2804660590042095005_n