अर्जेन्टिना पेनाल्टीमा चुक्दा,कोपा अमेरिकाको उपाधि फेरि चिलीले नै उचाल्यो


लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । चिलीले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि घर भित्राएको हो ।

 सोमबार बिहान भएको खेलमा र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी पेनाल्टीमा गोल गर्नबाट चुके ।

सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी किपरले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेको मेसीको बल पोष्ट बाहिर गयो । चिलीका किपरले अर्जेन्टिनी लुकास बिग्लियाको पेनाल्टी सुट रोक्दा गाटो सिल्भाले गोल गर्दै चिलीलाई विजयी बनाए ।

अमेरिकाको मेटलाइफमा भएको उपाधी भिडन्तमा निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एक एक खेलाडीले पहिलो हाफमा रातो कार्ड खाएर मैदान छाडेका थिए । अर्जेन्टिनामा रोजो र चिलीका रोजासलाई रेफि्रले रातोकार्ड देखाएका थिए ।

अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।