जिआरआर ग्रुपद्धारा बाल विद्याश्रमलाई सहयोग


पोखरा । सामाजिक सञ्जाल फेसबुकमा आवद्ध महिलाहरुको समूह जिआरआर (गल्र्स राइजिङ्ग रुम) ले कास्की निर्मलपोखरी, १ किरियापानीमा रहेको श्री बाल विद्याश्रम प्रा.वि.लाई करिव ५० हजार रुपैयाँ वरावरको शैक्षिक तथा सरसफाईका सामाग्री सहयोग गरेको छ ।

विद्यालयमा नै एक कार्यक्रमको आयोजनाविच हस्तान्तरण गरिएकोे सहयोग सामाग्री ग्रहण गर्दै विद्यालयकी प्रध्यानाध्यापक शान्ता ढकालले भूतबंगाला हुन लागेको विद्यालयमा जिआरआरले गरेको सहयोगले विद्यालयको स्तरोन्नतीको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नन्दलाल वरालले सहयोग सामाग्रीले विद्यालयका शिक्षक तथा विद्यार्थीमा थप हौसला प्रदान भएको बताए । कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा २७ जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा बोल्दै समूहका एडमिन सुर्किती भुर्तेल, शर्मिला कार्की र चन्द्रा श्रेष्ठले सो विद्यालयलाई आगामी दिनमा पनि जिआरआर गु्रपले सहयोग गर्ने बताएका थिए ।

समूहमा आवद्ध सदस्यमध्ये १५ जनाको सकृय उपस्थितीमा सो सामाग्री शनिवार हस्तान्तरण गरिएको र समुहले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कार्यक्रम संयोजक निशा पन्थीले जानकारी दिईन्