पार्वती टोलको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बिक


पोखरा । पोखरा ९ स्थित पार्बती टोल बिकास संस्थाको चौथो साधारण सभा तथा तेस्रो अधिबेशनले आस बहादुर बिकको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा तेजबहादुर भुजेल, सचीवमा बिकास आनन्द, कोषाध्यक्षमा कुमारी भुजेल, सहसचिवमा कुमारी गुरुङ, सहकोषाध्यक्षमा जितबहादुर मोक्तान चयन भएका छन् ।

त्यसैगरी कार्य समिति सदस्यमा रामबहादुर नेपाली, लक्ष्मण पाण्डे, राजु बर्देवा, सीता तामाङ, सपना गुरुङ, रेखा गुरुङ, कान्छी गुरुङ, प्रेम सार्की र कुमारी रखाल चयन भएका छन् ।

साथै पुर्ब अध्यक्ष राधिका सिम्खडा, पुर्व कोषाध्यक्ष भिमबहादुर पुन र सीता शाही ठकुरीलाई सल्लाहकारमा चयन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि शहरी गरिबी न्यूनीकरण योजना प्रमुख सबिता ढुंगानाले उदघाटन गर्दै टोल बिकास संस्थाहरु नगरपालिकाको सम्पत्ति भएको छ । सुकुम्बासी टोलमा टोल बिकास संस्था गठन गर्दा निकै संघर्ष गर्नुपरेको बताइन् ।

कार्यक्रममा बिशेष अतिथि तथा पोखरा ९ का सचिब लोक दर्शन कोइरालाले बृद्धभत्ता हरेक महिनाको १५ गतेसम्मको बैंकले दिने र बढेको भत्ता साउन महिनादेखि मात्रै पाइने बताउँदै टोल बिकास संस्थाहरुले आफ्ना सदस्यहरुलाई सरकारका सूचना संप्रेशण गर्नुपर्ने बताए ।

समन्वय समितिका संयोजक उत्तम जोशीले संस्थाले स्थापनाकाल देखि हालसम्म गरेका कार्यहरू प्रशंसा योग्य रहेकोे बताउँदै सामाजिक कार्य गर्दा राम्रा नराम्रा टीका टिप्पणी भए पनि समाज बिकासका कार्य गर्दै जानु पर्ने बताए ।

उक्त कार्यक्रममा महिला समन्वय समितिकि अध्यक्ष दिलमाय गुरुङ, वडा नागरिक मञ्चका अध्यक्ष लेखुराम खती, नेकपा एमाले पोखरा ९ का अध्यक्ष प्रकाश शर्मालगाएतले शुभकामना व्यक्त गरेका थिए ।

सो अबसरमा सभाले संस्थाका सचिव बिकास आनन्दको प्रगति प्रतिबेदन र कोषाध्यक्ष भिमबहादुर पुनको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित गरेको थियो ।

संस्थाका अध्यक्ष राधिका सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष भिमबहादुर पुनले स्वागत र सचिव विकास आनन्दले संचालन गरेका थिए ।