पोर्चुगल लगातार छैटौ पटक युरो क्वाटरफाइनलमा प्रबेश


पेरिस/ पोर्चुगल लगातार छैटौ पटक युरो कप क्वाटरफाइनलमा प्रबेश गरेको छ। पोर्चुगल सन् १९९६ देखि २०१६ सम्म लगातार क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको हो।

क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै  पोर्चुगल पेरिसमा जारी सन् २०१६ को युरोकप फुटबलको क्वाटरफाइनलमा  प्रबेश गरेको छ । सन् १९८४,२०००,२००४ र २०१२ को युरोकपको सेमिफाइनलिष्ट पोर्चुगल २००४ को भने उपबिजेता समेत  रहेको छ।

यस पटक युरो कपमा पोर्चुगलले निकै भाग्यमानि टोलि बनेको छ। क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डलाई हराएको खण्डमा वेल्स वा बेल्जियम/हंगेरीलाई सेमिफाइनलमा पराजित गरेमा पोर्चुगलले फाईनल खेल्ने अबसर पाउँने छ। ग्रुप्र स्टेजमा तेस्रो हुनाले स्पेन,जर्मनी,ईटली,ईग्ल्ल्यांड,फ्रान्स जस्ता शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्नबाट पोर्चुगल बचेको छ।13482799_1166485173404327_2376737265104545973_oफ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको उद्धार गरे । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा मैदान प्रबेश गरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि अन्त्यतिर पाएको अवसर सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुग्यो ।13490662_1166487976737380_9220663655300278963_o13482997_1166485383404306_4599196197395320544_o

तपाईको प्रतिक्रिया