फिर्के सरसफाइ कार्यक्रम स्वतस्फूर्त निरन्तर चल्ने


पोखरा । पोखराको मध्य भागमा रहेको बर्षाको समयमा सानो खोलाको रुप लिने फिर्के खोलाको मुहार चम्काउन पोखराबासी केहि हप्ता लागी पर्ने निश्चित भएको छ ।

बिहीबार पोखरा उपमहानगरपालिकाको सभाहलमा भएको छलफल कार्यक्रममा क्षेत्रीय प्रशाशक शंकरप्रसाद कोइरालाले समन्वयात्मक रूपमा काम गरौं, कसैलाई जबर्जस्ती नगरौं र यो अभियान १० हप्ता सम्म निरन्तर गरौं त्यस पछि समिक्षा बैठक बसेर के गर्ने भन्ने निर्णय गरौंला भन्दै सेल्फी खिच्न, सम्मान पत्र पाउन र प्रचारमुखी देखिन खोज्ने काम नगरौं ।

साथै उनलेे लुकेर रातको समयमा फोहोर फ्याक्नेलाई नगरपालिकाले कर्मचारी खटाएर एम्बुस थाप्ने र कारवाही गर्नुपर्ने बताए ।

कार्यकारी प्रमुख भिमबहादुर कुँवरले स्वतस्फूर्त सहभागिता हुने बाताबरण बनाउनु पर्ने, नगरपालिकाले सधैं साथमा छ, अझै बढी कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि चौथो अभियानको तयारीमा लाग्नुपर्ने बताए ।

अभियानलाई सहकार्य गर्नुपर्ने, सफा भएको ठाँउमा र सफा गर्ने समयमा फोहर उठाउन गाडी पठाउनु पर्ने, सरकारी निकायलाई अभियानमा लगाउन नगरपालिकाले आबश्यक पहल गर्नुपर्ने बताएका थिए ।