हृदयघातका कारण पोर्चुगलमा नेपाली युवतीको निधन


बार्सिलोना/ पोर्चुगलमा हृदयघातका कारण २८ बर्षिय नेपाली युवती सृष्टि शाही श्रेष्ठको निधन भएको छ। अकस्मात बेहोस बनेकी सृष्टीको लिस्बन स्थित साँओ जोसे अस्पतालमा उपाचारको क्रममा निधन भएको हो। हृदयघातका कारण उनको निधन भएको अस्पताल स्रोतलाई उदृत गर्दै, एनआरएनए पोर्चुगलले जनाएको छ।

सृष्टिको निधन पछि यति बेला पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ। केहिँ नेपाली म्युजिक भिडियोहरुमा समेत अभियन गरेकी सृष्टि श्रीमान् बिमल श्रेष्ठ सँगै पोर्चुगल बस्दै आएकी थिईन्। प्रेम बिबाहमा बाधिएका यी जोडी अध्ययनका लागि बेलायत पनि पुगे। तर बेलायत पछि बिगत ५ बर्ष यता पोर्चुगलमा बैधानिक रुपमा बस्दै आएका थिए।

दुवै जोडी संगीत प्रेमी थिए। “आँखाको चालले तिमीलाई नै खोजेको,तिम्रो नाम यो दिलमा कोरेको छु।” बिमलले आफ्नै  रचना तथा संगीतमा तयार गरेको यो गीतमा सृष्टिले अभिनय गरेकी छिन्। तर उनै सृष्टिको निधन पछि बिमल आज ठुलो ब्रजपात सहीरहेका छन्। उनको दिलमा कोरेको नाम अब सम्झनामा नै सिमित रहेको छ।

बिमल र सृष्टि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका उपाध्यक्ष सुनिल संगमका भाई बुहारी हुन्।

सृष्टिले अभियन गरेको भिडियो :-