हारसँगै स्पेनलाई झट्का, नकआउट प्रतिद्वन्द्वी ईटली


पेरिस/ युरो कप २०१६ मा डिफेन्डियन च्याम्पियन स्पेनले पहिलो हार व्यहोरेको छ।समूह चरणमामा क्रोएसियासँग पराजित भए पछि स्पेनलाई ठुलो झट्का समेत लागेको छ। समुह चरणमा उपविजेता बने पछि नकआउट चरणमा ईटली सँग जुध्नु पर्ने भए पछि स्पेनलाई झट्का लागेको हो। यी दुवै टिम सन् २०१२ का फाईनलिष्ट रहेका छन्। सन् २०१६ को क्वाटर फाईनल अगाडी नै स्पेन वा ईटली एकको यात्रा समाप्त हुने भएको छ।

मंगलबार राति भएको खेलमा क्रोएसियाले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनले खेलको सुरुवातमा नै गोल गरेर अग्रता लिए पनि पहिलो हाफको अन्त्यमा गोल खाए पछि खेल बराबरी बन्यो। स्पेनका कप्तान सर्जियो रामोस पेनाल्टीमा चुके पछि अग्रता लिने अबसर चुकेको थियो।

खेलको ८७ औ मिनेटमा क्रोएसियाका ईभानले गोल गर्दै स्पेनको ग्रुप बिजेता हुने लक्ष्यलाई रोक्न सफल बने। जितसँगै ७ अंकका साथ समूह डीको विजेता बनेको क्रोएसियाले नकआउट चरणमा इटलीलाई छलेको छ ।

तर, स्पेनको ६ अंक छ । र, समूह उपविजेता बनेको छ । उसले अन्तिम १६ मा समूह ई को विजेता इटली प्रतिद्वन्द्वी पाएको हो।