नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स शाखा विस्तार हुने


बार्सिलोना / नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स शाखा विस्तार हुने भएको छ । आगामी जुन २६ तारिख एक भेलाको आयोजना गर्दै शाखा बिस्तार हुन लागेको हो।  नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले, हाल नेदरल्याण्ड्समा अध्ययन गर्दै आइरहेका विवेक गौतमलाई अध्यक्षमा नियुक्ती गर्दै पत्राचार गरे पछि शाखा बिस्तार हुन लागेको हो।

काँग्रेससंग सबन्धित विद्यार्थीहरुलाई समेटेर कार्यसमिति बनाई केन्द्रमा जानकारी गराउन निर्देशन आएकाले भेला आयोजना गर्न लागिएको अध्यक्ष  गौतमले जानकारी दिए।

श्रोतका अनुसार नेपाल विद्यार्थी संघको केन्द्रिय महाविधेसनमा नेदरल्याण्ड्सबाट पनि प्रतिनिधीले भाग लिने जनाइएको छ । भेलाले कार्य समिति विस्तार तथा केन्द्रिय प्रतिनिधी चयन समेत गर्नेछ । भेलामा नेदरल्याण्ड्समा रहेका सवै लोकतन्त्रवादीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।

13521698_1555407248094893_24984557_n