स्पेनमा पानीपुरी र समोसा बेचेर, धुर्मुस सुन्तलीलाई सहयोग जुटाईदै,


बार्सिलोना/ स्पेनमा पानीपुरी,समोसा,चटपट बेचेर धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग जुटाईने भएको छ। नेपाली जनप्रगतिशील मञ्च स्पेनले आगामी जुन २६ तारिख बार्सिलोनामा नेपाली तथा स्पेनिस समुदाय माँझ नेपाली पहिचान सहित बिभिन्न परिकारहरु बेचेर रकम संकलन गर्न लागेको हो।

स्पेनिस संस्था एयिकासँग सहकार्य गर्दै मञ्चले, “फेस्था मायोर डेल बार्रियोमा” आगामी आईतबार धुर्मुस सुन्तली सहयोगार्थ कार्यक्रम गर्ने भएको हो। कार्यक्रममा नेपाली झल्कने साँस्कृतिक कार्यक्रम पनि मञ्चले देखाउँने भएको छ।

गिरान्चौर एकीकृत बस्ति निर्माणमा कस्सिएका धुर्मुस – सुन्तलीलाई मञ्चले हालसम्म २ हजार ५ सय ४० युरो (करिब ३ लाख रुपैयाँ) संकलन गरिसकेको छ। कार्यक्रमबाट धुर्मुस सुन्तली अभियानलाई अझै सहयोग रकम बढाउँने लक्ष्य मञ्चले राखेको छ।

मञ्चले आगामी कार्यक्रममा सहभागी भई  सफल पार्न स्पेन स्थित नेपाली संघसंस्था लगायत नेपाली समुदायलाई अनुरोध समेत गरेको छ।  नेपालको पर्यटन तथा पर्यावरण सम्बन्धि प्रचार प्रसारका लागि टेवा पुग्ने गरि कार्यक्रमको तयारी चलिरहेको मञ्चले  जनाएको छ।

कार्यक्रम बारे पूर्ण बिबरण :-

मिति:- २६ जुन,२०१६
स्थान .:- CALLE COMERC , 38 , – ARC DE TRIOMF ,
METRO L 1 , BARCELONA
समय :- बिहान ११.०० बजे देखि साँझ ८.०० बजे सम्म
13521143_10201637729222765_1621556467_n