पोखराका दैनिक पत्रीका नै नक्कली


पोखरा । पोखराबाट प्रकाशित दैनिक पत्रीकाले आजसम्म ढाँटी ढाँटी सरकारी सूचना प्रकाशित गर्दै आएको खुलासा भएको छ ।

पोखराबाट प्रकाशित दैनिक पत्रीका कुनै पनि राष्ट्रिय दैनिक नभएको सरकारी कार्यालयहरुका प्रमुखहरुले पत्तो पाएका छन् ।

आइतबार पोखरामा कास्की जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा बिभागीय प्रमुखहरुको बैठकमा सो कुरा खुलेको हो।

जिल्लाका सरकारी कार्यालयहरुले सुचनाहरु राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने भएतापनी बजेट अभावको कारण स्थानीय पत्र पत्रीकामा प्रकाशित गर्दै आएको उनीहरुको भनाइ रहेको छ ।

प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरण विवरण आ.व.२०७०/०७१ सालको पत्रपत्रिका वर्गीकरणका लागि
दरखास्त (आवेदन) पेश गर्ने पत्रपत्रिकाहरुको मूल्यांकन वर्गीकरण विवरणमा पोखराका कुनै पनि पत्रीका राष्ट्रिय क बर्गमा परेका छैनन् । तर राष्ट्रिय दैनिक भनेर लेख्दै आएका छन् भने सरकारी कार्यालयले पनि त्यसैलाई मान्यता दिदै आएका छन् ।

वर्गीकरणको सूचना प्रेस काउन्सिलको वेबसाईटमा रहेको छ । सबै सूचनाहरु http:www.presscouncilnepal.org/ मा हेर्न सकिन्छ ।