१० बर्ष मुनिका नाबालकको राहदानी बनाउँन अब ६० युरो मात्र लाग्ने


बार्सिलोना / दश बर्ष भन्दा कम उमेरका नाबालकको राहदानी जारी गर्दा हालको दस्तुर शुल्क १२० युरोबाट घटेर  ६० युरो पुगेको छ। राहदानी जारी भएको मितिबाट पाँच बर्ष सम्म बहाल रहने गरी राहदानी बन्न अब ६० युरो दस्तुर लाग्ने पेरिस स्थित नेपाली राजदुताबासले जनाएको हो । राहदानी नियामाबली २०६७ (तेस्रो संशोधन ) २०७२ बमोजिम दस्तुर शुल्क कम गरिएको हो।
फ्रान्स,ग्रीस,मोनाको,स्पेन तथा पोर्चुगलमा बस्ने नागरिकहरुलाई नाबालकको हकमा दस्तुर शुल्क ६० युरो बुझाउँन पेरिस स्थित नेपाली दुतावासले सम्बधित सबैमा सूचना जारी गरेको छ।

13461075_1173889775996573_437819060_o