पोखरादेखि घान्द्रुकसम्म बस सेवा सुरु


पोखरा । कास्की जिल्लाको पर्यटकीय सुन्दर गाउँ घान्द्रुक अब सजिलोसँग ३ घण्टा मै डिलक्स बसमा जान सकिने भएको छ ।

पोखरादेखि घान्द्रुकको किम्चेसम्मको भाडा प्रति ब्यक्ति २२० रुपैयाँ रहेको र किम्चेबाट घन्द्रुक गाउँ ४५ मिनेटको पैदलमार्गबाट पुग्न सकिने ढुङ्गाना बस सेवाका प्रोप्राइटर नवीन कुमार ढुङ्गानाले बताए ।

पोखरा -२, नयाँ बसपार्कबाट बिहान ६:१०, ७:५०, ९:५०, ११:५० बजे र दिउँसो १:५० र ३:३५ बजे बस छुट्ने छ भने घान्द्रुकको धाम्लेबाट बिहान ७:३०, ९:००, १०:०० बजे र दिउँसो १२:००, १:३० र ३:०० बजे बस छुट्ने छ ।

उक्त रुटमा पहिले जिप र प्राइभेट गाडी मात्रै चल्ने गरेका थिए । पृथ्वी राजमार्ग बस संचालक समितिले हाल ३ वटा डिलक्स बस सहित ८ वटा स्तरीय बस संचालन गरेको हो ।