पेरूले हातले गोल गर्दै ब्राजिललाई यसरी पाखा लगायो (भिडियो हेर्नुहोस् )


एजेन्सी/ आठ पटकको कोपा अमेरिका च्याम्पियन ब्राजिल यस पटक एउटा विवादास्पद गोलले समूह चरणबाटै बाहिरिएको छ। पेरूका राउल रुइडियाजले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिएपछि ब्राजिल समूहचरणबाटै बाहिरिन बाध्य भयो।

खेलको ७५ औं मिनेटमा पेरूका रूइडियाजले हातले गरेको गोललाई रेफ्रीले मान्यता दिएपछि पेरुसँग १–० ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो।
यस गोललाई पहिले रेफ्रिले मान्यता दिएका थिएनन् तर पेरुले मान्यता दिन भन्दै विवाद गरेपछि थर्ड रेफ्रीको सहायतामा उक्त गोललाई मान्यता दिएको थियो।

समूह चरणमा एक जित र एक बराबरी नतिजा निकालेको ब्राजिल समूह चरणको अन्तिम खेलमा पेरूसँग पराजित भएसँगै उसको क्वाटरफाइनल यात्रा समाप्त भएको हो।