डिफेण्डिङ च्याम्पियन स्पेनको बिजयी सुरवात


पेरिस/ डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप फुटबलको पहिलो खेलमा चेक रिपब्लिकमाथि जित हात हासिल गर्दै बिजयी सुरुवात गरेको छ।

सोमबार भएको खेलमा स्पेनले चेक रिपब्लिकमाथि १-० को जित हात पारेका ेहो । स्पेनका लागि जेरार्ड पिकेले ८७ औ मिनेटमा ईनेस्टाको पासमा हेडीङ् गोल गर्दै जित दर्ता गरेका हुन्।

सुरुदेखि नै बल पोजिसनमा हावी भएको स्पेन चेक रिपब्लिकको डिफेन्स लाइनलाई तोड्न सकिरहेको थिएन । उसका गोल गर्ने केही प्रयासलाई गोलकिपर पिटर चेकले असफल पारे । माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् ।