३१ बर्ष पछि पेरुसँग पराजित हुँदै, ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो


ब्राजिल अप्रत्यासित रुपमा कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  सोमबार विहान भएको खेलमा पेरुसँग १-० को अप्रत्यासित हार व्यहोर्दै ब्राजिल समूह चरणबाटै बाहिरिएको छ । ३१ बर्ष पछि  ब्राजिलमाथि पेरुले जित हात पारेको यो पहिलो पटक हो ।

नकआउट चरणमा पुग्न ब्राजिललाई समूह चरणको अन्तिम खेलमा जित वा बराबरीमा आवश्यकता थियो । जितसँगै पेरु समूह बीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने इक्वेडर समूह उपविजेता भएको छ ।