स्वीट्जरल्याण्ड र अल्वानियाका नागरिकता बोकेका,सहोदर दाजुभाई युरो कपमा भिड्दै   


पेरिस/ युरो २०१६ को समूह ए अन्तर्गत आज हुने स्वीट्जरलयाण्ड र अल्वानियाबीचको खेलमा सहोदर दाजुभाइ एक अर्का बीच प्रतिस्पर्धा गर्ने भएका छन्। टाओलेन जाका र ग्रानेस जाका सहोदर दाजुभाइ हुन् ।

उनीहरु पहिले स्वीस उमेर समूहको टोलीबाट सँगै खेल्थे । तर, तीन बर्षअघि दाइ टाओलानले स्वीस् टोली छाडेर अल्वानियाको नागरिकता लिने निर्णय गरे भने भाइ ग्रानेसले भने स्वीस टोलीबाटै खेलिरहेका छन् ।  र, टाओलान डिफेण्डर पोजिसनमा खेल्छन् भने भाइ मिडफिल्डर ।

सन् २०११ देखि स्वीस् टोलीबाट खेलिरहेका ग्रानेसले ४० खेलमा ६ गोल गरिसकेका छन् । २३ बर्षीय उनी स्वीस् टोलीका भरपर्दा मिडफिल्डर हुन् । उनले इंग्लिस टोली आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

यता सन् २०१३ मा अल्वानियाको नागरिकता लिएपछि उसैका लागि खेल्न थालेका स्वीस क्लव एफसी बासेलका डिफेण्डर टाओलान्डले अल्वानियाको राष्ट्रिय टोलीबाट १० खेल खेलेका छन् । उनलाई २०१४ मा फिफाले अल्वानियाबाट खेल्न मान्यता दिएको थियो । उनले उमेर समूहका सबै प्रतियोगितामा सन् २००८ देखि २०१३ सम्म खेलेका छन् ।