युरो कप उद्घाटन खेलमा आयोजक फ्रान्सको बिजयी सुरुवात


बार्सिलोना / युरो कप उद्घाटन खेलमा आयोजक फ्रान्सले बिजयी सुरुवात गरेको छ। शुक्रबार बेलुकी भएको उद्घाटन खेलमा फ्रान्सले २-१ को गोल अन्तरले रोमानियालाई हराउँदै बिजयी सुरुवात गरेको हो। रोमानियाको उत्कृष्ट प्रदर्शन पछि भने फ्रान्सले पहिलो हाफमा गोल गर्न सकेन। गोल गर्ने अबसर प्राप्त भए पनि पहिलो हाफमा दुवै टोलि असफल बने।

तर खेलको ५७ औ मिनेटमा ओलीभिर जिरोउडले गोल गर्दै फ्रान्सलाई १ गोलले अग्रता दिलाए।आर्सनलका फरवार्ड जिरोउडले दिलाएको अग्रता,रोमानियाले पेनाल्टीको अबसरलाई सदुपयोग गरे पछि,  धेरै बेर टिक्न पाएन। ६५ औ मिनेटमा रोमानियाका बोकडन स्टानचुले पेनाल्टी गोल गर्दै १-१ को बराबरी गरे।

एथ्लेटिको म्याड्रिड स्टार ग्रिसमान र युभेंन्टस प्ले मेकर पाउल पोग्बा जस्ता चर्चित स्टारलाई प्रशिक्षकले परिबर्तन गरिदिदा फ्रान्सेली समर्थकहरु निकै निराश देखिएका थिए। तर निर्धारित समय सकिन भन्दा १ मिनेट अगाडी, फ्रान्सका डिमित्री पायटले ३० याड टाढाबाट आकर्षक गोल गर्दै सर्मथकहरुलाई खुसी तुल्याए।

डिमित्री प्रिमियर लिग क्लब वेस्ट हाम युनाईटेटका खेलाडी हुन्।  सन् २०१५ बाट  वेस्ट हामका लागि अनुबन्धित भएका हुन्।अन्तत आयोजक फ्रान्सले २-१ को गोल अन्तर सहित सुखद सुरुवात गरेको छ।

गत वर्ष अतिवादीको समूह इस्लामिक स्टेट (आइएस) का आत्मघाती बम आक्रमणकारीहरूले पेरिसका विभिन्न सार्वजनिक स्थलमा निसाना बनाउँदा स्टेड डे फ्रान्स रंगशालामा पनि आक्रमणको प्रयास भएको थियो। सोहि रंगशालामा उद्घाटन खेल खेल्दै युरो कप २०१६ को सुरुवात भएको छ।