रेडक्रसद्वारा बृक्षरोपण तथा गोडमेल


पोखरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीसँग आवद्ध नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ ले आफ्नो कार्यालय वरपर २०६८ सालमा रोपिएका विरुवाहरुको गोडमेल तथा नयाँ विरुवा रोपन कार्य एक कार्यक्रमका साथ सम्पन्न भयो ।

विश्व वातावरण दिवस २०७३ को अवसर पारेर वृक्षारोपण गर्दै उपशाखा वरपरका विरुवामा गोडमेल गरी मलजल गरिएको कार्यक्रममा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ्गले उपशाखा १०,११ को भवनको निरीक्षण गर्दै भवनको अर्को तला थप कार्यमा २५ हजार १ सय २५ सहयोग प्रदान गरे ।

उनलेे उपशाखाले मानवीय सेवाका साथसाथै वातावरण संरक्षणमा लागेकोमा अझ राम्रा काममा लाग्न रामबजार सोसाइटी युके सहयोग गर्न लागिपर्ने बताए ।

कार्यक्रममा उपशाखाले आफ्नो कार्यक्षेत्रमा लगाएको १२ वटा कपुर र निमका विरुवा सानो चौतारा निर्माण गर्न अगाडि बढ्ने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की मन्त्री कृष्ण तिमिल्सिना, उपशाखाका सचिव सूर्यबहादुर बानिया, सहसचिव कलावती अधिकारी शर्मा, कोषाध्यक्ष सीता तिमिल्सिना, सहकोषाध्यक्ष जीवन श्रेष्ठ, जमुना बराल, निर्मला श्रेष्ठ, चित्रकुमार श्रेष्ठ र ठाकुर प्रसाद सुवेदी, धनमाया गुरुङ्ग लगायतका वक्ताहरुले आफ्नो विचार राख्दै उपशाखाले गरेका गतिविधिले जिल्लालाई सहयोग पुगेको र वातावरणमैत्री टोल बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताएका थिए ।

उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सूर्यबहादुर बानियाले गरेका थिए ।