मानवअधिकार चोकमा तमुवानको माग गर्दै अनसन शुरु


पोखरा । नयाँ संविधानको विरोध जनाउदै पहिचान र अधिकार सहित तमुवानको माग गर्दै संघर्षरत तमुवान संयुक्त संघर्ष समितिले मंगलबार विहान ७ बजेदेखि पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा रिले अनसन शुरु गरेको छ ।

received_1211063352250945

रिले अनसनको पहिलो दिन तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङसहित सचिव गजेन्द्र सुब्बा, तमुवान अभियन्ताहरु मनबहादुर तमु, कुलबहादुर भुजेल, टेकबहादुर तामाङ, गोपाल गुरुङ, क्याप्टेन नरेश थापा, धनबहादुर परियार, चन्द्र तामाङ मुस्कान रहेका छन् ।

ऊनीहरुलाई तमुवानका राजनीतिक संयन्त्रका सदस्यहरु संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङ, नेकपा क्रान्तीकारी माओवादीका कास्की इञ्चार्ज भिमबहादुर श्रीस, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, संघीय जनमुक्ति पार्टीका नेता पुरनधोज गुरुङ, तराई मधेश लोकतान्त्रिक पार्टी कास्कीका अध्यक्ष राम जैसवाल लगायतले शुभकामना सहित खादा र तमुवानको फेटा प्रदान गरेका थिए ।

received_1211063328917614

प्रतिगामी संविधान पुर्नलेखन तथा शंसोधन गरी आफ्ना २६ बुँदे माग सम्बोधन गर्न आन्दोलित २९ दल तथा मोर्चा आवद्ध संघीय गठबन्धनको शान्तिपूर्ण आन्दोलन अन्र्तगत काठमाडौंको शहिद मञ्चमा आजदेखि शुरु भएको रिले अनसनलाई ऐक्यवद्धता जाहेर गर्दै मोर्चा अन्तरगतको एक घटक तमुवान संयुक्त संघर्ष समितिले तमुवानको राजधानी पोखरामा अनसन शुरु गरेको हो ।

संविधान पुर्नलेखन गरी पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, पहिचान र अधिकार सुनिश्चिचता, पुर्ण समानुपातिक प्रतिनीधित्व, भाषिक समानता, सबै खाले विभेद उत्पिडनको अन्त्य, कालाबजारी भ्रष्टचारीलाई कारवाही, भुकम्प पीडितलाई तत्काल राहतको व्यवस्था लगायतको विभिन्न मागसहित विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन बस्ने तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।

शान्तिपुर्ण र अधिकारप्राप्तिको आन्दोलनमा साथ सहयोगको समेत तमुवान संयुक्त संघर्ष समितिले अपील गरेको छ भने संघीय गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

यसैविच रिले अनसनको शुभकामना व्यक्त गर्दै स्याङ्जा माझकोट गाउ भई हाल कोरियामा कार्यरत धिराज गुरुङले १५ हजार रुपैया सहयोग गरेका छन् ।

सो रकम उहाकी बहिनी रुपा गुरुङले तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङलाई हस्तान्तरण गरेकी थिईन ।

यसरी नै अनसन स्थलमा दिउसो एक बजेदेखि कुम्लुङ रोम्ले देवी तमु समाजका कलाकारहरुले तमुवानको मौलिक सँस्कृतिक घाँटु, कौरा, लोक नृत्यका साथ साँस्कृतिक कार्यक्रम प्रस्तुती गर्ने तयारी रहेको तमुवान संयुक्त संघर्ष समितिका अभियन्ता लक्ष्मण गुरुङले जानकारी दिए ।