युरोप,अमेरिका बसेका नेपालीहरुले, किन गर्छन् आत्महत्या ?


– कृष्ण प्रसाद रेग्मी,बेल्जियम  

युरोप , अमेरिका , अष्ट्रेलिया , जापान अथवा यस्तै अन्य मूलुकमा रहेका नेपालीहरूले हिजो अाज अात्महत्या गरेका समाचारहरू अाइरहेका छन । यस्तो सुनौलो जीवन किन अकालमै फाल्छन मानिसहरू वुझेर वुझ्नै नसकिने , खास गरी वेल्जियममा यस्ता घटनाहरू लगभग अाधा दर्जन जति पुगिसके । मानिसक तनाव वा इच्छाहरू पुरा नहुनु नै यसका प्रमुख कारणहरू हुन जुन समयान्तरले वताइरहेको छ ।

सावधानी अपनाउनुहोस,यो सुन्दर जीवन क्षणभरको लहडले खत्तम त हुन्छ नै तपाइको सानो असावधानीले तपाइसंग अाश्रित परिवार , समाजले पुरै अनाहकमा झमेला वेहर्नु पर्दछ ।

जस्तो कि सामान्यतया देखिएका तनावहरू :-

परिवारमा श्रीमान /श्रीमती समस्या छ , समाधान खोज्नुहोस , अापसमा मिलान विन्दु पहिलाउनुहोस , संझाैता गर्नुहोस, अात्मसन्तुष्टी हुने गरि संझाैता गर्नुहोस तर सम्भव छैन भने वैकल्पिक उपायहरू प्रसस्त छन ।कानूनको साहारा लिनुहोस । प्रहरि प्रशासन सम्म पुग्नु होस ।

सजिलै तवरवाट हासी खुशी अलग अलग जीवन जिउन सकिने उपायहरू छन । लडाइ , झगडा वा मारामारी गर्नु वा दिनहुँ कलह गरेर एक अर्कासंग परनिर्भर भएर वसिरहनु अावस्यक नै छैन , अहो छुट्टिएर वस्दा अरूले केही भन्लाकी भन्ने टेन्सन होला । जव तपाइको जीवन साथी नै तपाइसंग हुदैन भने अर्काले के भन्ला भनेर किन टेन्सन लिने ? त्यसैले

मनमा अशान्ति वा अमन चैन छ भने अाफ्ना सवै भन्दा नजिकको व्यक्तिसंग नियमति शेयर गर्नुहोस् ।

जिन्दगीमा दुख गर्दा गर्दा केही जोड्न सकिएन , कमाउन सकिएन , अरूले ठूला घर वा राम्रा गाडी चढे अाफ्नो केही भएन भन्ने लागि रहेको छ भने अाफु भन्दा तल दुख गरेका , दुख पाएकालाइ हेर्नुहोस । हरेश नखानुहोस । तपाइ नेपाल छोड्दा दुइ चार लाख ऋृणमा हुनुहुन्थ्यो होला त्यो अवस्य तिर सक्नु भएको छ । तिर्नु भएको छैन भने एक दिन अवस्य तिर्ने हैसियतमा हुनुहुन्छ ।

करोडाै कमाउछु भन्ने अविलाषा हुदा हुदै पनि सकिरहनु भएको छैन यो स्वभाविक हो । सवैले करोडाै कमाउदैन र सकिदैन पनि । तपाइसंग जति छ , तपाइले जति मेहनत गर्न सक्नु हुन्छ र जति वचत गर्न सक्नुहुन्छ त्यो तपाइको हो । वाँकी सवैको हकदार अरू नै हुन ।

ढुकुटी डुव्यो वा अरूले खाइदियो के गर्ने ?

वेल्जियममा यस्तो समस्याहरू पनि छन । त्यसकारण सकिन्छ यो खेल्दै नखेल्ने । सकिदैन र खेलिएको छ डुव्यो के गर्ने ? सवै ढुकुटी खेल्नेहरूसंग जम्मा गरेर समाधानको उपाय निकाल्ने । त्यति गर्दा पनि उपाय लागेन भने प्रहरी प्रशासनको सहायता लिने । ढुकुटी खेलाउने र खाएर नतिर्नेको नाम र फोटो फेसवुकमा हाल्दिने । सभ्य भाषा प्रयोग गर्ने । ताकी फेरि जालझेलमा अाफु नपरियोस ।

व्यवसाय डुव्यो के गर्ने ?

युरोपमा व्यवसाय संचालन गर्न समय , दिमाग र लगनशिलता र धैर्यता सवै चाहिन्छ । सवैको चाहाना हुन्छ व्यवसाय संचालन गर्ने , मालिक वन्ने र टन्न धन कमाउने तर यो चाहाना सवैको पुरा हुदैन ।

मेहनत गर्नुस , पसिना वगाउनुस प्रयास गर्नुस , अझै प्रयास गर्नुस गर्दा गर्दै केही उपाय लागेन भने नियमित काममा फर्कनुस । वैकवाट कारोवार गर्नुस , नीजि कारोवार नगर्नुस । वैकले तपाइको घर खेत एकै पटक खादैन , तपाइको हैसियत अनुसार महिना पिच्छै थोरै थोरै ऋृण तिरे पनि पाउनु हुन्छ ।

सके सम्म अाफन्तवाट पैसा सापटी लिदै नलिनुस , सकिदैन भने लिनै परे सकेको वेलामा तिर्छु भन्ने कवुल गराएर मात्र लिनुस । ताकि तपाइलाइ अाफन्तले दुखमा झनै अप्ठेरो नपारोस , तपाइ लाइ थाहा छ नी धेरै अाफन्तहरू तपाइको सुखमा मात्र हुन्छन दुखमा खाइस खुच्चिङ भन्ने वढी हुन्छन । यसरी यति नै वुझ्नुस । तडक भडक जीवन नजिउनुस ।

फजुल खर्चवाट जोगिनुहोस :-

वल्लाघर पल्लाघरका दिदि वहिनीहरूको विदेशमा खुवै प्रतिष्प्रर्धा हुन्छ हिजो अाज फेसवुकमा तडक र भडक , गहना पर्दशनी , भोज , पार्टी , विना सित्तैका कार्यक्रमहरूमा फजुल खर्चवाट जोगिनुहोस ।

युरोपका महिलाहरू हामी भन्दा पढेका , जानेका वुझेका छन तिनीहरूको जीवन शैली हेर्नुहोस , राम्रो कुराको सिको गर्नुहोस । पल्लाघरीको माइलीको सिको सिकेर तपाइले वाँकी जीवन वर्वादी तिर नलैजानुहोस । गरगहना र तडक भडकले महिलाको अाकर्षण वृद्दी गर्दैन यि महिलाका लागि मनोविकृत गराउने र इर्षा वढाउने साधनहरू हुन । यिनीहरूको प्रयोग जति कम गर्न सक्यो त्यो तपाइको लागि फाइदाजनक छ ।

नाना थरीका पार्टी , भोज भतेर गरेर खर्च वढाउनु भन्दा भोज भतेर र पार्टी गर्ने अार्थिक रकम नेपालमा कुनै राम्रो काम गरिरहेका संघ सस्था वा व्यक्तिलाइ पठाउनुहोस त्यसले तपाइलाइ जीवन जीउनुको महत्व वताउछ । त्यस्तो त , सामाजिक संजालहरूमा पुराना स्मरणहरू ताजा भैदिदा धेरै समस्या देखिएका छन ।

मानिसहरूमा जव समय हुन्छ , धन अलि अलि हुन्छ मानिसले सदैव अाफ्नो अतित विर्सदैन , म को थिए त विर्सन्छ नै तर मसंग को थियो विर्सदैन । जीवनका मोडमा केटा होस वा केटी विवाह पूर्वका साथीहरूको सझना फेसवुक र ट्वीटरका सर्च इन्जिनहरूमा परिहाल्छन र पुराना अतितहरू भेटिन्छन । सुन्दर कल्पनाका संसारहरू पाैडिएका हुन्छन । होला विवाहले त्यो वन्धन तोडेको होस तर सामाजिक संजालहरूले यो वन्धनलाइ तोडिदिएको घटना प्रशस्त छन हाम्रा वरपर ।

पुराना मायाका टुसाहरू सामाजिक संजालहरूले फर्क्रिन मद्दत गरिदिएको हुन्छ । यो अहिले नेपाली समाजमा ठूलो समस्या वनेको छ । त्यसकारण तपाइले सामाजिक संजालमा यो प्रयास गरिरहनु भएको छ भने तपाइको जीवनमा मान्नुस ठूलो भूल गर्दै हुनुहुन्छ यसो नगर्नुहोला । विगतलाइ विगतमा छोडिदिनुहोस् । तपाइ वर्तमान संसारमा हुनुहुन्छ । विगतलाइ वचाइराख्ने प्रयास गर्दा तपाइ र तपाइको परिवारमा रडाको मच्चिन सक्छ र अन्तत यो विषाशु एेजुरू वन्न सक्छ ।

अाजैवाट यस्ता लुकी छिपी गरिने पुराना सम्वन्धका सम्वादहरू वन्द गरिहाल्नुस ताकी तपाइको जीवन सहजरूपमा अगाडी वढोस । नत्र पछुताउनु त छदै छ परिणाम भयानक पनि वन्न सक्छ ।

सन्तान प्रतिको चिन्ता…

मानिसहरू सवै भन्छन युरोप् अमेरिका छोरा छोरीको भविष्यका लागि हिडेको वा वसेको । हो पनि तपाइ हामीले दुखका पर्खाल चढेर पनि छोरा छोरीका लागि यो दुख नपरोस भन्ने नै हो । युरोप् अमेरिकाको कागज वनाउनु त्यति सहज कहाँ भए होलान र है ?

तर हाम्रा छोरा छोरीलाइ यो सव केही गर्नु छैन , अवसर अवसर अवसर जता त्यतै , साना भए नावालिक भए अाढ भरोषा र हाैषला दिनुस ठूला भए पछि उनीहरूको जीवन उनीहरूले नै जान्दछन चिन्ता नलिनुस । सवैका छोरा छोरी डाक्टर इन्जिनियर वन्दैनन जुन क्षेत्रमा जे चाहान्छन त्यहि गर्न दिनुस जेमा खुशी हुन्छन छोडिदिनुस ।

चराका वचेरा जस्तै । तपाइको जीवन तपाइको हो । न श्रीमतीको जीवन तपाइको हो न छोरा छोरीको । यो यथार्थ वुझ्नै पर्छ ।। स्वीकार गर्नुस यथार्थ । ढोगी गरेर हुदैन । अागो तापेर काँखमा वच्चा लिएर वसिरहेको वालकका अामा छोरा पनि अागो झाप्पै सल्कियो भने वच्चा हुर्राएर अामा अागोवाट भाग्छिन । यो दुनियाँ हो दुनियाँ ।

त्यसैले ,

नियमित व्यायाम गर्नुस , नियमित सोमरस नपिउनुस । साथी भाइसंग हिड्नुस , खुला स्थानमा धेरै वस्नुस एक्लै घरमा नवस्नुहोस , घरमा एक्लै हुनुहुन्छ भने पनि सामाजिक संजालहरूमा व्यस्त हुनुहोस ।साथी भाइ इष्ट मित्रहरूसंग फोनमा कुरा गरिरहनुहोस । वच्चाहरूलाइ लिएर पुस्तकालय जानुहोस् , खेल मनोरन्जनका क्षेत्रहरूमा जानुहोस् । वच्चाहरूले वाटोमा हैरान गर्छन अाम्दानी कम छ भने घरमै खानेकुराहरू वनाएर सगै लैजानुहोस ।

युरोपको दैनिक जीवन साह्रै महंगो छ । अाम्दानी वढाउन सकिदैन भने खर्च घटाउन चै अवस्य सक्नु हुन्छ , युरो वचाउने उपाय तिर लाग्नुहोस । युरोपमा वचत नै ठूलो कमाइ हो यो कहिल्लै नविर्सनुहोस । वचत गर्दा लोभी भन्लान यो नसोच्नुहोस । अनावस्यक क्षेत्रमा खर्च गरेर त्यस्ले कहिल्लै सकारात्मक परिमाण दिदैन ।

र , युरोप अाउदाँ तपाइले नेपालवाट के ल्याउनु भएको थियो र ? रात दिन टेन्सन लिने ? किन चिन्ता गर्ने ? जे कमाउनु भयो ? यहि कमाउनु भयो ? र के गुमाउनु भयो ? यहि कमाएको गुमाउनु भयो किन पश्चाताप ? किन डिप्रेशन ? । जीउनुस खुशीको जीवन ::: छोड्नुस इर्षा , रिस ,राग र चिन्ता यसैमा सवैको भलो । अाफु भलो त जगतै भलो कि कसो ?

(सार्वजनिक हितका लागि जारी )

 

तपाईको प्रतिक्रिया