रोनाल्डोले ८ करोड बोनस, च्यारिटीलाई दिने


स्पेन-क्रिस्टियानो रोनाल्डोले च्याम्यिन्स् लिग जितेर प्राप्त गरेको ८ करोड  रुपैयाँ बोनस रकम च्यारीटिलाई दान दिने भएका छन्। म्याचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका रोनाल्डोले आफ्नो बोनस रकम ७ करोड ९७ लाख रुपैयाँ  बराबरको रकम परोपकारी काममा खर्चने भन्दै द सनले समाचारमा लेखेको छ।

बोनस रकम रियल म्याड्रिड क्लबले च्याम्पियन्स लिग जितेमा प्रत्येक खेलाडीलाई दिने घोषणा गरेको थियो। गत वर्ष विश्वकेै परोपकारी खेल व्यक्तित्व घोषित रोनाल्डोले यस अघि पनि युनिसेफ, वल्ड भिजन र सेभ दि चिल्ड्रेन जस्ता सस्था मार्फत विभिन्न परोपकारी काममा रकम दिइसकेका छन् ।