बेल्जियममा नेपाली महिलाले गरिन् आत्महत्या


बार्सिलोना। बेल्जियममा एक नेपाली महिलाले आत्महत्या गरेकी छन्। लुभेन निबासी २९ बर्षिय सरीता थापाले आत्माहत्या गरेकी हुन्। बिबाहित थापाको काठमाडौं गौशाला माईती घर रहेको छ। थापाका श्रीमान राजु थापा बिगत १६ बर्ष देखि बेल्जियममा रहँदै आएका छन्।

घटनाको पुष्टि गर्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले  दिवंगत आत्माको चिर शान्ति गरेको छ। संघका अध्यक्ष गंगाधर गौतमले शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेका छन्। आत्महत्या किन र कसरी गरिन् भन्ने बारे पूर्ण बिबरण आउँन बाँकी नै छ। संघका अध्यक्ष गौतमले नेपालीनेपाली डटकमलाई भने,” घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ,यो बारे यत्तिकै बोल्ने कुरा रहदैन,तसर्थ आधिकारिक रिपोर्टको पर्खाइमा छौ।”

युरोपमा आत्महत्याका घटनाहरु धेरै कम हुने हुँदा पनि थापाको घटनाले युरोपबासी नेपालीहरु स्तब्ध भएका छन्। तर केहि हप्ता अगाडी मात्र साईप्रसमा रोजगारको सिलसिलामा आएकी एक नेपाली युवतीले पनि झुन्डिएर आत्महत्या गरेकी थिईन्।

तपाईको प्रतिक्रिया