धुर्मुस सुन्तलीलाई साईप्रसबाट पनि सहयोग


बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले धुर्मुश सुन्तली अभियानलाई सहयोग गरेका छन्। मल्लले एकीकृत बस्ती निर्माणका लागि व्यक्तिगत रुपमा १३ हजार ८ सय ८८ रुपैयाँ फाउन्डेसनमा सहयोग गरेका हुन्। धनगढी तारानगर स्थायी घर भएका मल्ल बिगत ७ बर्ष देखि साईप्रसमा बस्दै आएका छन्। 

मल्लले भने,” युरोपबाट धुर्मुस सुन्तलीको लागि कम सहयोग जुटेको भन्ने खबर पाए,मैले यो व्यक्तिगत रुपमा गरेको सहयोग हो,सबैले थोरै थोरै रकम तर धेरैले सहयोग गर्ने हो भने कलाकारहरुको सपना पुरा हुने थियो।”

गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि करिब ५ करोडको अनुमानित लागत लाग्ने बताईएको छ।  वस्ती निर्माणका लागि देश-विदेशबाट सहयोग पुग्ने क्रम जारी छ । भूकम्प गएको एक वर्ष पुगेकै दिन गत १२ वैशाखमा शिलान्यास गरेयता सुरु भएको अभियानमा हालसम्म एक करोड ३० लाख जम्मा भईसकेको छ। 
Dhurmus-Suntali-work-at-Giranchaur-3D