बिश्वकै लामो टनेल स्विजटरल्यान्डमा,युरोपेली नेताहरुले गरे उद्घाटन


संसारकै सबैभन्दा लामो र गहिरो रेल सुरुङमार्ग स्विटजरल्यान्डमा बिहीबार विधिवत्  उद्घाटन भएको छ । यो बनाउन करिब दुई दशक लाग्यो । ५७ किमि लामो दोहोरो मार्गले स्विस आल्पस पर्वत क्षेत्रमा पर्ने उत्तरी र दक्षिणी युरोपलाई हाइस्पिड रेलका माध्यमबाट जोड्नेछ ।

यसबाट युरोपको जिन्सी ओसारपसारमा क्रान्तिकारी सुधार आउने स्विजटरल्यान्डको दाबी छ । लाखौं लरीहरूले उठाउँदै आएको सामान सस्तो मूल्यमा छिटोभन्दा छिटो रेलबाट ओसारपसार हुँदा युरोपेलीहरूलाई धेरै फाइदा हुने अनुमान छ ।

यसअघि जापानको सेइकान रेल टनेल (५३.४ किमि) ले कीर्तिमान राखेको थियो । तेस्रो ठूलो टनेल (५०.५) बेलायत र फ्रान्स जोड्छ । युरोपेली नेताहरू जर्मन एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलान्दे, इटालीका प्रधानमन्त्री माटे रेन्जी, अस्ट्रियाली चान्सलर क्रिस्चियन कर्नलगायत उद्घाटन समारोहमा सहभागी थिए ।_89855881_033237603-1युरोपेली आयोगका प्रमुख जिन क्लाउडे जन्कर पनि उपस्थित थिए । यी उच्च पदस्थहरूको उद्घाटनमा समारोहमा उपस्थिति भएबाट निकै अर्थ लागेको छ ।

खास गरी आल्पस क्षेत्रको पर्यावरणीय संरक्षणमा यसले भूमिका खेल्नेमा धेरैको भरोसा छ । युरोपका सामानहरू वारपार गर्न आल्पस पार गर्नैपर्छ । चाहे त्यो इटालियाली रक्सी नेदरल्यान्ड पुग्न होस् या जर्मन कार ग्रिस । अब यो सबै छिटो र सस्तै हुनेछ ।

आउने डिसेम्बरमा यो रेल सेवा पूर्णतामा चल्नेछ । अब जुरिचबाट मिलान पुगन मात्रै एक घण्टा लाग्नेछ । पहाडमुनि कुद्ने यो रेलको बाटो धागोतन्के सिधा छ । यो टनेल मा एकसाथ २ सय ६० सामान बोकेका र ६५ यात्रुवाहक ट्रेन चल्न सक्छन्, १७ मिनेटको समयमा वारके पार हुने गरी ।_89850153_89850152मूल्यअभिवृद्धि कर र इन्धन कर, रोड टोल र सरकारी ऋणबाट यो टनेल निर्माण गरिएको हो । जुन ऋण एक दशकभित्र तिरिसक्नुपर्छ । स्विस बैंक क्रेडिट सुसीले यो टनेल रेलका कारण युरोपभर जिन्सी ओसारपसारमा सुविधा बढ्नुका साथै पर्यटनमा अभिवुद्धि हुने बताएको छ ।- बीबीसी _89852106_033233057-1_89855879_world_longest_tunnel_map_624