टिबीदाबु कार्यक्रम छलफलको,बैठक बारे सूचना


स्पेनको बार्सिलोना स्थित पर्यटकिय स्थल टिबीदाबुमा यहि जुलाई २ र ३ तारिख “Nepal Promotion Day – 2016” कार्यक्रम आयोजना गर्नका लागि तयारी चलिरहेको यहाँलाई अवगत नै छ।

नेपालको गौरव झल्कने यो कार्यक्रमका लागि  स्पेनवासी नेपालीहरु र स्पेनमा स्थापना भएका सम्पूर्ण संस्थाहरु मिली ब्यापक तयारी गर्नुका साथै,कार्यक्रमलाई के कसरी सफल गराउन सकिन्छ भन्ने बारे, बिबिध छलफल गर्न गईरहेका छौ।

कार्यक्रमका बारेमा स्पेन स्थित सम्पुर्ण संस्थाका अध्यक्षहरु, पत्रकारहरु, कलाकारहरु, सामाजिक अभियन्ताहरु साथै स्पेनवासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुसंग बिशेष छलफल गर्नु पर्ने भएकाले निम्न मिति र स्थानमा उपस्थित भईदिनु हुन अनुरोध गर्दछु।

  • मिति –  May – 30, 2016 (Monday)
  • समय: साँझ ६ बजे,
  • स्थान :- C/ Grassot 84-86) NRNA Spain को कार्यालय

कार्यक्रम संयोजक 

एकराज गिरी

नोट :– सम्पूर्ण संस्थाका अध्यक्ष ज्यु हरुलाई आ-आफ्नो संस्थाका सम्पूर्ण नेपाली साथीहरु (सामाजिक अभियन्ताहरु) लाई यो बैठकको बारेमा ख़बर गरि उपस्थित गराई दिनुहुन अनुरोध गर्दछु।