यी हुन् निर्दयी युवा,आफ्नी ६ बर्षिया छोरी र श्रीमतीलाई रडले हानेर मारे


सन्देश श्रेष्ठ पोखरा । पोखरामा एक अधवैंशे युवाले श्रीमती र ६ वर्षीया छोरीको हत्या गरेका छन् । पोखरा १४ रातोमाटे डाँडाका ३१ वषर्ीय युवा विमल पुनले शुक्रबार अपराहृन श्रीमती २६ वर्षीया नरमाया श्रीष पुन र ६ वर्षीया छोरी पूणिर्मा पुनको हत्या गरेका हुन् ।

रगताम्य भएर बाटोमा निस्केका विमल आफैंले श्रीमती र छोरीको हत्या गरेको भन्दै हल्ला गर्न थालेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनले लगाएको कपडासहित शरीर भरी रगतका टाटा थियो ।

घट्ना उनी बस्ने कोठामै भएको प्रहरीले बताएको छ । घरमा विमलका दाजु, भाऊजु र उनीहरुका एक छोरी पनि बस्ने गर्दछन् । विमललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ । उनले श्रीमती र छोरीलाई फलामको रडले टाउकोमा प्रहार गरेर हत्या गरेको स्विकारेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

घट्ना घट्दा दाजुसहित परिवार घरमै भएपनि आफूहरुले नदेखेको बयान दिएको उनले बताए । बिमलका दाजुले आफू शौचालय गएको र भाउजुले लुगा उठाउन छतमा गएको बेला घटना भएकाले थाहा नपाएको बताएका छन् ।