साईप्रसबासी नेपालीले मनाए, २५६० औ बुद्ध जयन्ती


साईप्रस/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६० औं जन्मजयन्ती साईप्रसको निकोसियामा पनि भव्य रुपमा मनाइएको छ । साईप्रस स्थित श्रीलङ्कन एक कमिटीले आईतबार आयोजना गरेको कार्यक्रममा नेपालीहरु पनि सहभागी बन्दै बुद्ध जयन्ती मनाईएका हुन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले उल्लेख रुपमा नेपालीहरुको पनि कार्यक्रममा सहभागिता रहेको जानकारी दिए। कार्यक्रममा एनआरएन लगायत नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहभागी बन्दै बुद्द नेपालमा जन्मेको सन्देश दिएका थिए।

viber image