बार्सिलोनालाई कोपा डे रेको २८ औं उपाधि


बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि जोर्डी अल्बाले ९७ मिनेटमा र नेयमरले अतिरिक्त समयको पनि थप गरिएको समयमा १ सय २२ औं मिनेटमा गोल गरेका थिए । योसमेत बार्सिलोनाले स्पेनी कप २८ पटक जितेको छ ।

खेलमा बार्सिलोनाका जेभियर मास्केरानोले ३७ औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० जनामा सिमित भएको थियो । अतिरिक्त समयमा सेभियाका पनि दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

ला लिगा र कोपा डेल रे  जितेको बार्सिलोना यसवर्ष भने च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरयो ।