बेल्जियममा यूरोप स्तरीय भलिबल प्रतियोगिता हुने


बेल्जियम/ गैर आवासीय नेपाली संघ बेल्जियको आयोजनामा यूरोप स्तरीय रनिंङ शिल भलिबल प्रतियोगिता हुने भएको छ । आगामी जुन १९ तारिख लुभेनमा युरोपका नेपाली खेलाडीहरु बीच प्रतियोगिता हुन लागेको हो।

बिगत केहि बर्ष देखि आयोजना हुँदै आएको प्रतियोगितालाई संघले यस बर्ष पनि निरन्तरता दिन लागेको हो। प्रतियोगितामा भाग लिनको लागी यूरोपका बिभिन्न देशलाई पत्राचार गरिसकिएको संघले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न संघले मिण्ड गुरुङको संयोकत्वमा चिनिया लाल दुवाल,राकेश कर्मचार्य,होम गुरुङ, कर्ण सुब्बा सदस्य रहने गरी समिति बनाएको छ। प्रतियोगितामा भाग लिनका लागि समयमा नै टीम दर्ता गर्न संघले अनुरोध समेत गरेको छ।

सम्पर्कका लागि

संयोजक मिण्ड गुरुङ (०४७९९२०४७०)
चिनिया लाल दुवाल(०४९२५७५१४९),
राकेश कर्मचार्य(०४९५३५१०२७),
होम गुरुङ
कर्ण सुब्बा(०४९४८५२८८६)