रेडियो सारङ्गी तेस्रो बर्षमा प्रवेश


पोखरा । पोखरामा स्थापित रेडियो सारंगी ९३.८ मेगाहर्जले आफ्नो स्थापनाको २ वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा रेडियो सारंगीको पोखरास्थित सभाहलमा रेडियोले आज विशेष कार्यक्रमको आयोजना गर्यो । 13233136_832037290235777_8011611350999503395_n

13230064_832037473569092_4855445694838054124_n

वार्षिकोत्सव समारोहको उदघाटनका क्रममा व्यानर उदघाटन र केक काटर्दैै कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले श्रमजिवी पत्रकारका लागि ऐन अन्र्तगतको पारीश्रमीकको व्यवस्था अहिलेको आवस्यकता भएको वताउँदै अध्यक्ष ज्ञवालीले रेडियो सवैले सुन्ने र सवै समुदायका लागि लक्षित हुनुपर्नेमा जोड दिए ।

यसैगरी आफ्नो शुभकामना मन्तव्य राख्दै ब्रोडकास्टिङ्ग एसोसियसन नेपाल (वान)का महासचिव दुर्गा अधिकारीले वानका हरेक गतिवधिमा रेडियो सारङ्गीलाई सहभाागी गराउदै रेडियोलाई अझै लोकप्रिय वानाउन पर्नेमा सुझाव दिईन । 13239076_832037406902432_2370892190472031743_n

13237630_832037316902441_6161199352751354208_n

कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वराल, क्रान्तीकारी पत्रकार संघका अध्यक्ष दिपक परियार, स्वतन्त्र पत्रकार संघका जिल्ला सचिव कृष्ण रानाभाट,पत्रकार राज शर्मा,लोक गायिका निर्मला सुवेदिले आफ्ना शुभकामना मन्तव्य दिनुभएको थियो ।

रेडियो सारंगी पोखराका स्टेशन म्यानेजर लक्ष्मीनारायण देवकोटाको अध्यक्षतामा भएको कायक्रमको रेडियो सारंगीका समाचार संयोजक कृष्ण अन्जान ज्ञवालीले सञ्चालन, कार्यक्रम प्रस्तोता तथा लोक दोहोरी गायक पदम थापा मगरले स्वागत तथा कार्यक्रमवारे प्रकाश पारेका थिए ।

यस अघि अतिथी तथा पत्रकार हरुले रेडियो सारंगीको अवलोकन गर्नुका साथै रेडियो सञ्चलान ,संरचनाका वारेमा जानकारी लिएका थिए ।

। अवलोकन पश्चात रेडियो सारंगीको कर्मचारी व्यवस्था तथा संरचनाको अतिथीहरुले प्रंशसा गरेका थिए।
खुलदुलि मिडिया नेटवर्क प्रा लि र क्यापिटल मिडीया ग्रुप अन्र्तगत पोखरावाट प्रशारीत रेडियो सारंगी ९३.८ मेघाहर्जले विगत २ वर्षदेखि क्यापिटल एफ एमको सहकार्यमा दैनिक १८ घण्टा गित सगितका अतिरीक्त समाचार मुलक प्रस्तुतिहरु प्रशारण गर्दै आईरहेको छ । रेडियो सारंगी ले प्रत्येक दिन वेलुका ७ देखि ८ वजे सम्म तिव्वतियन समुदाय लाइ लक्षित गरी तिव्वतियन कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।