अन्तत: गरिमा आँफै बोलिन्,”हामी बैबाहिक जीवनमा बाँधियौ”


बार्सिलोना/ बहुचर्चित नेपाली चलचित्र झोलाकी नायिका गरिमा पन्तले आँफू बैबाहिक जीवनमा बाँधिएको जानकारी गराएकी छन्। बेल्जियमका नेपाली ब्यबसायी हरी थपलियासँग सुटुक्क बिहे गरेको समाचार केहि समय अगाडी नै आएका भए पनि पन्तले अहिले भने आँफैले मुख खोलेकी हुन्।

बिहिबार फेसबुक स्टाटसमा लेखेकी छन्,” मेरो जीवनको अर्थपूर्ण पाटाहरु यहाँहरुसँग बाड्न पाउनु मैले आफ्नो सौभाग्य ठानेको छु।यसैक्रमा मेरो जीवन को ठुलो र अतिनै महत्त्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउदै हामी वैवाहिक जीवनमा बाधिएको अबगत गराउदछौ।”

गत जनवरीमा नायिका गरिमा पन्तले बेल्जियममा नयाँ व्यापार पनि सुरु गरेको फेसबुकबाट जानकारी दिएकी थिईन्। गरी सुसी नामको रेष्टुरेन्टको फोटो अपलोड गर्दै पन्तले “आँफुलाई ब्यबसायीको रुपमा श्रीवृद्धि गर्दै” भनेर लेखेकी थिईन्। सांगीतिक कार्यक्रमका लागि यूरोप आउँदा गरिमा र हरिको भेट भएको बताईन्छ। एक अर्का बीच प्रेममा परेका यी दुई जोडीले अन्तत बिबाह गरेको सार्बजनिक रुपमा नै घोषणा गरेका छन्।

Screen Shot 2016-05-13 at 12.16.50नायिका पन्तले बैबाहिक जीवनको अबसरमा,आफ्ना बाबु आमाको नाममा दुई बिद्यालयका लागि ७ लाख रुपैयाँको अक्षयकोष समेत घोषणा गरेकी छन्। आफैले प्राथमिक शिक्षा आर्जन गरेको श्री मित्रता उच्च मा.बि र आफ्नै गा.बि.स.स्थित श्री मर्रस्यङदी सामुदायिक बिद्या मन्दिर निम्न माध्यमिक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको सहायताको लागि अक्षयकोष घोषणा गरेकी हुन्। दुबै बिद्यालयलाई बराबर हुने गरी अक्षयकोषको रकम हस्तान्तरण हुने पनि नायिका पन्तले फेसबुकबाट नै जानकारी गराएकी छन्।

गरिमा श्रीमान् थपलिया नेपाली ब्यबसायी संघ बेल्जियमका निबर्तमान अध्यक्ष समेत हुन् भने उनको यो दोस्रो बिबाह हो।

तस्बिर :- गरिमा पन्तको फेसबुकबाट

garima 7garima 6garima 4garima 1garima 2garima 10