मुगुकी मृगौला पिडितलाई स्पेनबाट दोस्रो चरणमा पनि सहयोग पठाईयो


प्रकाश तिवारी, कोस्टाब्लान्का- आफ्नो दुवै मृगौला काम गर्न छाडे पछि जीवन रक्षाको लागि अपिल गर्दै हात फ़ैलाएकि मुगु जिल्ला रोवा गाबिस वडा न. ८ लुम्स गाउँ निवासी ४२ बर्षिय जान देवी बुढाले दोश्रो चरणको सहयोग स्वरुप ४ सय १२ युरो अर्थात् ४८ हजार ४ सय ७९ रुपैंया प्राप्त गरेकी छन् ।

आफ्नै जिल्ला निवासी मृगौला पिडितको जानकारी फेसबुकबाट थाहा पाएका पूर्व राष्ट्रिय म्याराथुन धावक सशस्त्र प्रहरीका अक्कल बहादुर बोहोराले स्पेनको कोस्टाब्लान्का निवासी नेपालीहरुबाट बिभिन्न दुइ चरणमा गरि २ हजार ८ युरो अर्थात् २ लाख ३८ हजार ४ सय १० रुपैंया संकलन गरि मृगौला पिडित बुढाको उपचारका लागि पठाएका हुन्।

स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने बिभिन्न नेपाली तथा बिदेशी मनकारी व्यक्तिहरुले आफ्नो स्वेच्छाले दिएको सहयोग रकम नेपालमा मुगु जिल्लाकै एक मात्र सभासद मोहन बानियाँले पिडित बुढालाई हस्तान्तरण गरेका हुन् ।

दोश्रो चरणमा सहयोग गर्नेहरुको नामावली
१. नवराज दुवाडी – १००
२. कैलाश कार्की – ५१
३. राज कुमार के सी – ३०
४. जित बहादुर गुरुङ – २०
५. सुरेन्द्र राना मगर – २० युरो
६. हरपिन्दर सिंग – २०
७. राजन थापा – ५१ युरो
८. पासांग शेर्पा – २० युरो
९. कबिराज खनाल – १० युरो
१०. शिब सापकोटा – २० युरो
११. राम प्रसाद कंडेल – १० युरो
१२. बद्रि प्रसाद कोइराला – २० युरो
१३. बिष्णु थापा – २० युरो
१४. कुमार गुरुङ – २० युरो

तपाईको प्रतिक्रिया