कांग्रेस के गर्दैछ ? के गर्नु पर्दछ ?


पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ को आयोजनामा शनिबार क्षेत्र नं. ३ मा नेपाली कांग्रेस के गर्दैछ ? के गर्नु पर्दछ ? भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य रमेश लेखकले बर्तमान सरकारको कार्य शैलीले आम जनताले दुख पाएको बताउदै उनलेे नेपाली कांग्रेसले सरकारको विकल्प खोजेको बताए ।

“घर घरमा कांग्रेस, टोल टोलमा संगठन” को मुल नाराका साथमा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय अध्यक्ष बिजयराज आचार्यले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

सो अबसरमा सांसद रमेश लेखकले पुर्व सभापतिहरु बिश्व सिग्देल, निर्मल कर्माचार्य, राम्जी कुँवर, बिरेन्द्र नारायण बिजुक्क्षे, शोभाचन्द्र बराल, स्व. कृष्णप्रसाद पराजुलीलाई सम्मान गरिएको थियो ।

सो अन्तरक्रीयामा गोपिराज अधिकारी, देबराज चालिसे, डा. रामचन्द्र पोखरेल, कानुन ब्यबासायी प्रमोद कोइराला, सुवास कोइराला, माया बराल क्षेत्री, राजेन्द्र बहादुर कोइराला, दिनेश आचार्य, शारदा गिरि, दीपकवीर कुँवर, रघु पराजुली, नवीन बराल लगाएतका नेता तथा कार्यकर्ताले जिज्ञासा राखेका थिए ।

सम्मानित ब्यक्तको तर्फबाट पुर्व क्षेत्रीय सभापति बिश्व सिग्देलले कांग्रेसले कांग्रेसलाई हराउन लगाउने शक्ति विपक्ष पार्टी लाई हराउन लगाउन सकेमा कांग्रेसले कुनै पनि निर्वाचन दुई तिहाई बहुमतले जित्ने छ भन्दै पार्टीका कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।

सांसद शारदा पौडेल, महाधिवेशन प्रतिनिधि सोभियत बहादुर अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्षेत्रीय सभापति बिजयराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति धुर्ब रायमाझी र संचालन सचीव दिपेन्द्र मरासिनीले गरेका थिए ।