ड्रिम्स् टोली लण्डनमा


लन्डन । चर्चित सेनेकर्मी भुवन केसी र उनका सुपुत्र नायक अनमोल केसी आफ्नो प्रोडक्सनको ड्रिम्स् फिल्म लिएर लन्डन आइपुगेका छन् । फागुन २१ देखि रिलिज भएको भुवन केसीद्धारा निर्देशित फिल्म ड्रिम्स्को बेलायतका बिभिन्न शहरमा प्रर्दशनको तयारी गरिएको छ ।

शनिवार बिहान लन्डनस्थित हित्रो विमानस्थलमा उत्रेका केसीले ड्रिम्स् फिल्मले सोचे भन्दा बढी ब्यापार गरेको भन्दै प्रशन्नता प्रकट गरे । केसीले नेपालको सिनेमा हलका अतिरिक्त अष्ट्रेलियामा समेत सफलता पाएको बताए ।

अभिनेता एवं निर्देशक केसीले निमार्ण गरेका ७ वटा फिल्मी मध्य ड्रिम्स् उनको निर्देशनमा बनेको पहिलो फिल्म हो । कलाकारद्धयलाई सपन इन्टरटेनमेन्ट लि यूकेले बेलायत ल्याउने चाजोपाजो मिलाएको हो ।

आइतवार दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको शोमा उनीहरुको सहभागिता रहने सपन इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सपन राईले जानकारी दिए । । नायक अनमोल केसी पनि ड्रिम्स् निकै राम्रो फिल्म निकै राम्रो बनेको बताए । उनले फिल्ममा कलाकार, स्टोरी, आफ्नो रोल लगायत सबै पक्ष नयाँ भएका कारण दर्शकले मनोरन्जन लिने बताउदैं बेलायतमा रहेका नेपाली दर्शकहरुका लागि भिन्दै टेस्ट भएको जनाए ।

फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य रोल रहेको छ । अनमोलले होस्टेल र जेरी फिल्मबाट निकै ठूलो चर्चा बटुल्न सफल भएका थिए । सो चलचित्र अगामी महिना अमेरिकाको २० वटा स्टेटमा प्रर्दशनको तयारी गरिएको नायक तथा निर्माता भुवन केसीले जनाए । ड्रिम्स्ममा बेलायतकाे स्वास्थ्य क्षेत्रमा कार्यरत मध्यका एक डा कपील रिजालको समेत लगानी छ । ड्रिम्स्को यही महिनाको १२ तारिख वीलस्वीच, १५ तारिख ह्यारो, १६ तारिक ग्रामथान, २० तारिक केन्ट र २२ तारिख स्कटल्याण्डको एवरर्डिनमा प्रर्दशनको तयारी गरिएको सपन इन्टरटेनमेन्टले जनाएको छ ।