नेपाली कांग्रेसको सरकारले मात्रै सम्बिधान कार्यान्वयन गर्न सक्छ : रमेश लेखक


पोखरा । देशमा भएका हरेक ऐतिहासिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले सम्बिधानको कार्यान्वयन पनि नेपाली कांग्रेस कै नेतृत्वमा बनेको सरकारले गर्न सक्ने बताए ।

उनले पार्टीलाई सुदृढ बनाउने नाममा देशलाई नै बर्बाद गर्न नहुने भन्दै देशको उन्नति र प्रगतिलाई पार्टीको ठानेर कार्य गर्नुपर्ने बताए ।

केन्द्रिय सदस्य लेखकले नेपाली कांग्रेस पोउमनपा वडा नं. ४ को आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बोलेका हुन् ।

कार्यक्रममा सांसद शारदा पौडेलले राजनैतिक दलले महिलालाई बढी भुमिका दिनुपर्ने बताउँदै अब हुने स्थानीय निर्वाचनको लागि महिलालाई बढी प्राथमिकता दिनुपर्ने बताइन् ।

कास्की जिल्ला अध्यक्ष कृष्ण केसी, शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, देबराज चालिसे, बिजयराज आचार्य, राजेन्द्रनिधि कोइराला, रजनी केसी, राजेन्द्रबहादुर कोइरालालगाएतले शुभकामना व्यक्त गरेका थिए ।

इकाई सभापति गोबिन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति शंकरप्रसाद कोइराला र संचालन सचीव गायत्री पराजुलीले गरेकी थिईन ।