लेस्टर सिटीले लिग जित्छ भनेर,१ पाउण्ड बाजी राख्नेले ५ हजार पाउण्ड जिते


एजेन्सी / लेस्टर सिटीले यो वर्ष लिग जित्छ भनेर १ पाउन्डको बाजी थाप्नेले ५ हजार पाउन्ड जितेकाछन् । यो सिजनको सुरुमा लेस्टरमा बाजी थाप्ने मुल्य १ पाउन्डको ५००० पाउन्ड रहेको थियो ।
लेस्टरले लिग जितेसँगै बुकीहरुले कुल २५ मिलियन पाउन्ड तिर्नुपर्ने भएको छ भने बाजी जित्नेले सबैभन्दा धेरै १ लाख पाउन्ड पाउने भएका हुन् ।

बुकीहरुको यो हार बेलायतको खुलकुद इतिहासमा नै सबैभन्दा ठूलो हार भएको छ । लेस्टरको यो वर्षको कुल खर्च मात्र ५४.४ मिलियन पाउन्ड मात्र थियो, जबकी बुकीहरुले २५ मिलियन पाउन्ड गुमाएका छन् ।