आज विश्व प्रेस स्वतन्त्रता दिवस


काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

दिवसकै अवसर पारेर नेपालका श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको साधारण सभा आयोजना गरिएको छ । नेपालमा २०४६ सालपछि प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको छ । तर यसको पूर्ण रुपमा अनुभूति गर्न नसकेको पत्रकारहरु बताउँछन् ।