फेवा बिकास बैंकको अध्यक्षमा थापा


कृष्ण रानाभाट/ पोखरा

पोखराका दुई बित्तीय संस्थाहरु फेवा फाइनान्स र बिश्व बिकास बैंक गाभिएर बनेको फेवा बिकास बैंकको अध्यक्षमा बिन्दुकुमार थापा चयन भएका छन् ।

गत चैत ३० गते भएको साधारण सभाले बिन्दु कुमार थापा, रामभक्त रन्जित, जगन बहादुर गुरुङ, सुशील गौचन, अमरबहादुर केसी, नारायण बहादुर बानियाँ, रबिन्द्र माकाजु र सन्जिब बानियाँलाई संचालक समितिमा चयन गरेको थियो ।

गाभिएपछी बैंकको चुक्तापुँजी ९९ करोड ५० लाख, निक्षेप संकलन १० अर्ब ६३ करोड र कर्जा लगानी ९ अर्को अर्ब ३३ करोड रहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

थापा पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष पनि हुन् ।