जारी छ वाक फोर वेल्फेअर


– प्रतिज्ञा अधिकारी

एक लाख डलरको बिद्यार्थी कल्याणकारी कोष निर्माण गर्ने उद्देश्यका साथ अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गरिएको वाक फर वेल्फेअर आईतवार डार्विन मा सम्पन्न भएको छ । उक्त कार्यकर्म मा करिब सय जना सहभागी थिए ।

उनीहरुले ४ हजार डलर कोषमा जम्मा गरेको एनआरएन नर्दन टेरोटरीका संयोजक निरज गुरुंगले जानकारी दिएका छन् । पदयात्रापछि आयोजना गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा संयोजक गुरुंगले स्वागत मन्तव्य दिएका थिए भने वाक फर वेलफेयर डार्विनको सहआयोजक नेप्लीज एशोसिएसन अफ नर्दन टेरोटरीका पदाधिकारीले धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालले कोषको सञ्चालन र यसको पारदर्शिताको विषयमा धारणा राख्दै यो कार्यक्रम विद्यार्थीहरुका लागि अष्ट्रेलियामा रहेको नेपाली समूदायले गरेको कार्यक्रम भएको र अहिलेसम्मको सफलताबाट आफुहरु उत्साही रहेको बताउनुभयो ।

४ वटा स्टेट मा यो कार्यक्रम सम्पन्न भैसकेको र वेल्फेअर टिम लाई मिलेको सफलताले अझै बढी सश्कत रुप मा आफ्नो टिम अघी बढ्ने विश्वाश वाक मा शाह भागीहरु लाई लम्सालले दिलाउनु भएको थियो। र यसको लागि कार्यसञ्चालन र पारदर्शितामा अझ बढी ध्यान दिइने पनि लम्सालको भनाई थियो । यसैगरी एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले विकेन्द्रीकरणको माध्यमबाट हरेक राज्यमा रहेका समितिहरुलाई सक्रिय बनाइने बताउँदै वाक फर वेलफेयरको सफल सञ्चालन त्यसैको उदाहरण भएको बताउनुभएको थियो ।

कार्यक्रममा चाल्र्स डार्विन युनिभर्सिटीका प्राध्यक्ष डा. किशोर शर्माले पुनित उद्देश्यका साथ सञ्चालन गरिएको वाक फर वेलफेयरको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एनआरएन नर्दन टेरोटरीका सचिव बासुदेव मरहठ्ठाले गरेका थिए । कार्यक्रम मा डार्विन निवासी एन आर एन ए का पदाधिकारी, समाजसेवी, बिधार्थि र ब्य बसायी हरु को उपस्थिती थियो।