बैशाख १२ गते भूकम्प गएको दिन,स्पेनबाट सम्झना


बार्सिलोना/ भित्तामा टाँसीएका तस्बिरहरुमा सबैका आँखा पुगे। तस्बिर हेर्दै जाँदा उपस्थित नेपालीहरु धेरै भाबुक बनेका थिए। भत्किएका घरहरु,पालमुनि रहेका भूकम्पपिडित तथा जिर्ण रुपमा रहेका मठमन्दिर देख्दा सबैको आँखा रसाएको थियो। भूकम्प गएको एक बर्ष बितिसक्यो तर पिडितको अबस्था उस्तै छ धेरै सहभागीहरुको आबाज यही नै रह्यो।

बैशाख १२ गते,देशमा बिनाशकारी भूकम्प गएको एक बर्ष पुगेको सम्झना गर्दै,नेपाली जनप्रगतिशील मञ्च स्पेनले दिप प्रज्वलन तथा श्रदान्जली सभा कार्यक्रम राख्दा बार्सिलोनामा यस्तै झलकहरु देखिए। स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु लगायत सर्ब साधारण सहभागी बन्दै दिप प्रज्वलन गर्दै भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झना तथा घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरे।

पुनर्निमाणको काम ढिलाई प्रति गुनासो:-

देशमा भूकम्प गएको एक बर्ष पछि पनि पुननिर्माणको काम सुरु हुन नसकेकोमा बक्ताहरुले दुख ब्यक्त गरेका छन्। भूकम्प पछि पाल मुनि बसेका नेपालीहरु अझै पनि त्यही अबस्थामा रहेको भन्दै दुख ब्यक्त गरेका हुन्।

गैर आबासीय नेपाली संघको योजना अनुरुप गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग आईतबार भएको सम्झौतालाई सहभागीहरुले स्वागत गर्दै अब द्रूत गतिमा काम गर्न शुभ-कामाना समेत ब्यक्त गरे। विदेशबाट सहयोगी भाबले नेपालीहरुको सहयोग पनि बिबिध कारणले समयमा नै भूकम्प पिडितको लागि प्रयोग हुन नसकेकोमा सहभागीहरुले चासो ब्यक्त गरेका थिए।

संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख सहभागिता

नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखेनिय सहभागिता रहेको थियो। कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,निबर्तमान सदस्य दीपक खरेल,एनआरएन स्पेनकि उपाध्यक्ष जानुका रेग्मी खनाल,मञ्चका सल्लाहकार गोपाल रेग्मी,श्याम प्रसाद खनालले भूकम्प पछि देशको अबस्था बारे चर्चा गरेका थिए।

13054490_1313511692008894_1717931353_oयस्तै नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ,तमु समाज स्पेनका अध्यक्ष ज्योती गुरुङ,चितवन समाजका उपाध्यक्ष राजु शम्मशेर थापा,स्याङ्जा सहयोग समाजका अध्यक्ष बेन बहादुर गुरुङ,कास्की सेबा समाजका सदस्य सन्दिप मोहन भट्टराई,पर्बत समाजका उपाध्यक्ष ईन्द्र प्रसाद शर्मा,एनआरएन युवा संयोजक दिपक क्षेत्री,महिला फोरम संयोजक सिता सिंह,नेपाली पाठशाला संयोजक सरला सापकोटा,नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाट,नेपाली वेभ युरोप संयोजक भोला लामिछाने लगायतले बोलेका थिए।

नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष कृष्ण हरी कँडेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन महासचिव अर्जुन आचार्यले गरे। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा एक मिनेट मौनधारण गर्दै दिबंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।

13052626_1313512188675511_1920718205_o13036395_1313512252008838_117447313_o