कोपनहेगनमा भनियो ‘नेपाल सुरक्षीत छ घुम्न जानुहोस’


प्रकाश ढकाल
कोपनहेगन । गत सालको भुकम्प पश्चात सुस्ताएको नेपालको पर्यटनको बारेमा नेपाललाइ मात्र हैन की विदेशीलाइ पनि उत्तिकै चिन्ता र चासो रहेको पाइयो । नेपालमा भुकम्पबाट भएको क्षतीमा देशका पूर्वाधारहरु पनि परेका थिए की परेनन् भनेर धेरै विदेशीहरुले एक काय्रक्रममा चासो र चिन्ता गर्दै  प्रश्नहरु गरेको पाइयो । हालै डेनमार्कको राजधानी कोपनहेगनमा आयोजीत नेपाल नाउ अर्थात ‘अहिले नेपाल’ कार्यक्रममा धेरै स्थानीय डेनिश नागरीकहरुले चासो व्यक्त गरेका थिए ।

Screen Shot 2016-04-24 at 16.53.47

नेपाली पर्यटन र संस्कृतिको बारेमा जानकारी दिने उद्धेश्यले साथै भुकम्प पछि अहिलेको नेपालको अवस्था र पर्यटनको बारेमा जानकारी दिने उद्धेश्यले  डेनमार्कको कोपनहेगनमा भएको कार्यक्रममा आगन्तुकहरुले निकै उत्सुक बनेर चासो सहित जिज्ञासा गरेका थिए । नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको कार्यक्रममा करीब ८० जना स्थानीय डेनिश र विदेशी नागरीकहरुको उपस्थित रहेको थियो ।

Screen Shot 2016-04-24 at 16.54.16

भुकम्पपछिको नेपालको पर्यटनको अवस्थाको बारेमा जानकारी दिने उद्धेश्यका साथ् सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय डेनिसहरुलाइ आमन्त्रण गरिएको थियो । कार्यक्रममा राजदुत मुक्तिनाथ भट्टले भुकम्पपछिको त्रास र असुरक्षा अब नरहेको र भुकम्पले पूर्वाधारहरुमा क्षती नपुगेकोले यात्रा गर्नको लागि नेपाल सुरक्षीत र उचीत गन्तव्य भएको सबैलाई जानकारी गराए ।

Screen Shot 2016-04-24 at 17.12.43

यसैगरी नेपाली दुतावासका नियोग उप-प्रमुख रामकाजी खड्काले नेपालको पर्यटन र लगानीको बारेमा पावर पोइन्ट मार्फत जानकारी गराएका थिए । उनले बताए अनुसार डेनमार्कबाट पछिल्लो नेपाल यात्रा गर्ने डेनिशहरुको संख्या घट्दो क्रममा रहनुको कारण भुकम्प पछिको त्रास अनि  उचीत र सहि जानकारीको कमी हुनु भएकोले नेपाल सम्बन्धी चाहिएको जानकारी नेपाली दुतावास कोपनहेगनले उपलब्ध गराउने पनि बताए ।

Screen Shot 2016-04-24 at 17.12.55

नेपाल पर्यटन बोर्डका डेनमार्क प्रतिनिधी सोम नाथ सापकोटाले सहभागी सबैलाई स्वागत गर्दै नेपालको पर्यटनको बारेमा जानकारी गराउंदै, पर्यटकहरुको लागि आवश्यक विविध सहयोग नेपाल पर्यटन बोर्डले उपलब्ध गराउने कुरा त्यहाँ उपस्थित सबैलाई जानकारी गराएका थिए ।

Screen Shot 2016-04-24 at 17.13.05

सोहि अवसरमा आइसल्याण्डबाट आएका नागरीक ह्युरटुर स्मारासन ले प्राकृतिक विपत्ती परेको बखत संचार माध्यममा भ्रामक र अति बढी समाचारहरु दिने गरिएकोले पर्यटकहरुको लागि त्रास बन्ने गरेको स्मरण गराए । उनको आफ्नो छोरा  गतसालको भुकम्पको बेला  नेपाल भ्रमणमा भएकोले पनि आंफुले चासो व्यक्त गरेर नेपाल ठिक छ, पर्यटनका पूर्वाधार सबै ठिक छन् भन्ने संदेश तुरुन्तै फेसबुक र ट्वीटर मार्फत विश्वलाइ जानकारी दिएको पनि बताए । उनले त्यतिबेला गरेको फेसबुक र  ट्वीटरका कुराहरु पावर पोइन्ट मार्फत देखाउँदा उनले सबैले प्रशंशा पनि गरेका थिए ।  उनले सन् २०१० मा आइसल्याण्डमा आएको भोल्कानोको कारण देशमा परेको पर्यटनको असरको उदाहरण दिंदै गलत जनाकारी दिनाले त्यतिबेला आइसल्याण्डमा पर्यटन क्षेत्र धरासायी बनेको बताए । त्यतिबेला भोल्कानोको कारण आइसल्याण्डको आकाश खरानीले ढाकेर सबै उडान रद्ध भएको भन्ने गलत समाचारका कारण धेरै पर्यटकहरुले भ्रमण रद्ध गरेको स्मरण पनि गराए । नेपालमा पनि भुकम्प पछि त्यस्तै समाचार बाहिर आए पनि आफुहरुले फेसबुक मार्फत सकेसम्म सहि जानकारी दिन कोशिस गरेको बताए ।

Screen Shot 2016-04-24 at 17.13.14

त्यस्तै बेलायतबाट आएका दुइ जना विधार्थीहरुले पनि नेपाल सम्बन्धी ‘ माउन्टेन म्युकीज’ नामक नेपाली धुन प्रश्तुत गरेका थिए । रिची जोहन्सटन आँफै नेपालका उच्च स्थानमा पुगी, त्यहाँका चौंरी, भेडा लगायत बनजंगलमा गुन्जिने आवाजलाइ संगीत मार्फत प्रश्तुत गरेका थिए । त्यसैगारे अर्का विधार्थी तथा पत्रकार निअल लोघ्लिन जो बेलायतमै पी.एच. डी. गर्दै छन् उनले पनि अर्को वर्ष आँफु  अध्ययन गर्नको लागि नेपाल धेरै महिना बस्ने  गरी जान लागेको र नेपाल बाट धेरै प्रभावीत भएकोले आंफुले पनि बेलायतमा यही संदेश दिने बताए ।

सहभागीहरुले गएको प्रश्न तथा जिज्ञासाको जवाफ आइसल्याण्डका स्मारासन र नेपाली दुतावास नियोग उप-प्रमुख रामकाजी खड्काले दिएका थिए ।

कार्यक्रममा नेपाली कला संस्कृति झल्कने किसिमको नृत्य र कला प्रश्तुत गरिएको थियो । सन्त थापा मगर, मल्लिका प्रधान र रेशु उप्रेतीले नेपाली संस्कृती झल्कने नृत्य प्रश्तुत गरे भने  कृष्ण सुवेदी, दिनेश शर्मा र बिकी महर्जनले बजाएको नेपाली धुनले सबैलाई मनोरंजन दिलाएका थिए । सहभागी सबैलाइ डिनरमा नेपाली खाना खुवाईएको थियो ।