गोर्खाको लाप्राकलाई नमुना बस्ती बनाउन, एनआरएन र सरकारबीच सम्झौता


लाप्राक । गैर आबासीय नेपाली संघको योजना अनुरुप गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग सम्झौता भएको छ । देशमा महाभूकम्प गएको दिन बैशाख १२ गते नै लाप्राक गाउँमा आयोजित बिशेष कार्यक्रमका बीच सम्झौता भएको हो।

राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार गैरआवासीय नेपाली संघले लाप्राकको साविक अस्थायी बस्ती रहेको स्थानमा एकीकृत बस्ती विकास गर्ने छ ।

‘हामी तत्कालै बस्ती विकास गुरुयोजना तयारी पारेर सरकारलाई बुझाउने छौं,’ हस्ताक्षरपछि गाउँलेलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भने, ‘सरकारले त्यसलाई स्वीकृत गरेपछि आगामी वर्षात् अगाडि नै निर्माण कार्य सुरु गरेर आगामी हिउँद अगाडि तपाइँहरुलाई नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य छ ।’\13063047_688314301309501_8914348076571121027_oसो अवसरमा एनआरएन अध्यक्ष घलेले लाप्राकमा केबल ओत लाग्ने घरमात्र बनाउने नभई नमुना बस्ती बनाउने उद्देश्य रहेकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताए । ‘अब गाउँ बनाउने जिम्मा तपाइँ-हाम्रो काँधमा आएको छ । तपाइँ-हामीले हातमा हात मिलाएर काँधमा काँध मिलाएर लाप्राक गाउँलाई साँच्चिकै नमुना बनाउनु छ,’ घलेले भने, ‘नमुना गाउँ बनाउन हामीबीच नमुना देखाउन लायककै सहकार्य हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्यांक संकलन गरेको छ । पुरानो बस्ती रहेको ठाउँ प्राविधिक हिसाबले बस्ती राख्न उचित नभएपछि सो बस्तीको केही माथि हाल अस्थायी टहराहरु रहेको डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयाँ बस्ती विकास गरिने छ । गैरआवासीय नेपाली संघले करिब ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेकोमा सरकारले पहिलो चरणमा लाप्राकलाई नमुना बस्ती बनाउन स्वीकृति प्रदान गरेको हो ।

13064611_688314131309518_7582928186576995619_o13040833_688314284642836_8450451010414104732_o13029662_688314691309462_4345280371066196613_o13029426_688314091309522_3605550051138568599_o