कास्की सेवा समाज,स्पेनको सूचना


हार्दिक निमन्त्रणा 

एउटा सानो दियोले घर, समाज र देशमा ठुलो प्रकाश प्रदान गरेको हुन्छ | एउटा सानो बालकले घर, समाज र देशमा ठुलो सम्भावाना बोकेको हुन्छ | आजका बालबालिका देश र समाज निर्माणका मेरुदण्ड हुन् | सम्पूर्ण बालबालिकालाई उचित शिक्षा, संस्कार प्रदान गर्नु अभिभावक , समाज अनि राष्ट्रको अहम दायित्यो हो |

बालबालिकाको सर्बागिण विकासमा समाजका सबै सरोकारवालहरुको सकारात्मक भूमिका होस् भन्ने उद्धेस्यले कास्की सेवा समाज , स्पेनले पनि अाफ्नो पहिलो अधिवेशन बाट स्पेनमा बसोबास गर्दै आईरहेका नेपाली बालबालिकाहरूकोलागी “नेपाली बाल विकास कार्यक्रम ” लागु गर्ने घोषणा गरेको यहाँहरूलाई अबगत नै छ।

यही कार्यक्रम लाई कार्यन्वयन गर्नकालागी  यही मिति ३० अप्रिल २०१६ शनिवारका दिन अभिभावकहरू र बालबालिकाहरू सँग परिचयात्मक तथा नेपाली बाल शिक्षा कार्यक्रम बारे जानकारी दिने कार्यक्रम रहेको हुदाँ स्पेनमा रहेका सम्पूर्ण संघ सस्थाहरू, अभिभाबकहरू तथा बालबालिकाहरू,पत्रकार मित्रहरू लाई कार्येक्रममा उपस्थिति भईदिनुहुन कास्की सेवा समाज स्पेन हार्दिक अनुरोध गर्दछौ।

कार्यक्रम :-
मिति :- ३० अप्रिल २०१६, शनिवार
समय :- दिनको ४:३० बजे
स्थान :- हिमाली रेस्टुरेन्ट (CALLE MILA I FONTANALS,60)

दिलनाथ भन्डारी
अध्यक्ष
कास्की सेवा समाज, स्पेन