अस्ट्रेलियाको मेल्बर्नेमा पनि वाक फर वेयलफेर


प्रतिज्ञा अधिकारी /अष्ट्रेलिया 

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाले सुरुवात गरेको विद्यार्थी कल्याणकारी काेषका लागि अस्ट्रेलियाको मेल्बर्नेमा आइतबार वाक फर वेयलफेर कार्यक्रम सम्पन्न भएकाे छ ।

अलेक्जेण्ड्रिया गार्डेन क्यापिटल सिटी ट्रायेल बाट सुरु भएको वाक करिब २०० को सन्ख्यामा नेपाली झन्डा फहराउदै मेलबर्न को मुटु मै पर्ने यारा नदी को छेउमा रहेको बार्बेक्यु एरियामा गएर टुंगिएको थियो। सहभागीहरुलाई एनआरएनए भिक्टोरियाको तर्फ बाट ससेज सिज्लर लन्चको रुपमा बितरण गरिएको थियो।

एनआरएनले आयोजना गरेको साे कार्यक्रममा एनआरएनए अभियन्ताहरु लगायत, बिधार्थी समाजसेबी ब्यापारी लगायत सर्बसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । ‘वाक फर वेलफेयर’ नाम दिएर करिब छ किलोमिटरको पैदलयात्रा गरेका नेपालीहरुलाई अन्य विदेशी समुदायका ब्यक्तिहरुले समेत हौसला दिइरहेका थिए ।
वाक पछी आयोजना गरिएको कार्यक्रममा अहोरात्र खटिनेहरुलाई धन्यवाद दिदै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएनए अष्ट्रेलिया नेपाली बिद्यार्थीहरुको सर्बोपरी हितका लागि सुरुवात गरिएको यो अभियानमा उठेको रकमलाइ पारदर्शी बनाउन एनआरएन रात दिन खट्ने बताउनु भयो. ।

अष्ट्रेलियामा छ वटा सहरहरुको कार्यक्रम सम्पन्न भएपछि उक्त कोषलाई पारदर्शी किसिमले सञ्चालन गर्न एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालको संयोजकत्वमा समिति समेत बनाइएको छ । एन आर एन आइ सिसी का ओसिनिया क्षेत्र का कू अर्डिनेटर समेत रहेका लम्सालले कल्याणकारी कोष को लक्ष्य एक लाख डलर राखेको र यो उदेश्य प्र्रप्ति का लागि बिधार्थी कलायण्कारि कोष को टिम ले कुनै कसुर बाकि नराख्ने बताउनुभयो ।

कार्यक्रमको सम्योजक समिम अनवरले सिड्नी र ब्रिस्बने र मेलबर्नको सफलता पछी वेल्फ़िएर टिम उत्साहित भएको बताउनु भयो। एन आर एन ए आ आइ सिसी का प्रबक्ता रन्जु वाग्ले थापाले अस्ट्रेलिया अभियानको अरुले पनि अनुसरण गर्ने कुरामा आफु बिस्वस्त भएको बताउनु भयो. ।

कार्यक्रममा भिक्टोरियाका जनरल कोंसुलर चन्द्र योञ्जन, भिक्टोरिया इभेन्ट कोअर्डिनेटर दिपाश्री शाह, विथार्थीका तर्फ़ बाट श्रीकृष्ण सिलवाल लगायतले बोलेका थिए। एनआरएनए एनसिसि कोअर्डिनेटर केशव कंडेलले कार्यक्रम सन्चालन गरेका थिए।