पोखरामा हेल्दी होमको आठौं शाखा नायक नायिकाद्वारा उद्घाटन


कृष्ण रानाभाट/पोखरा

काठमाडौंमा २०६६ सालदेखि सेवा प्रदान गर्दै आएको हेल्दी होमले नयाँ बर्षको अबसरमा पोखरामा आठौं शाखाको रूपमा पोखरा हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर प्रा.लि. संचालनमा ल्याएको छ ।

received_1176126305744650

मोटोपनाको कारण शरीरमा धेरै किसिमका रोगहरु लाग्ने भएकोले यस संस्थाले नेपाल मै पहिलो पल्ट कोरियन प्रबिधिद्वारा शरीरमा भएको मोटोपना, पानीको मात्रा, शरीरको तौल, मसल्स तौल, मेटाबोलिज्म दर आदि उमेर र उचाई अनुसार बोडी मास इन्डेक्स मेसिनमा जाँच गरे पछी मेसिनले नै कुन बिधिबाट उपचार गर्ने बताउने संचालक महेश्वरसिंह भण्डारीले बताए ।

received_1176126355744645

उनलेे पुरुषहरूको लागि एक महिनाको प्याकेजको ८ पटकको २० हजार लाग्ने छ भने महिलाको लागि महिनामा ६ पटक गर्नुपर्ने र त्यसको लागि १६ हजार पाँच सय लाग्ने बताए ।

डब्लुएचओ र एफओए बाट प्रमाणित प्रबिधि शरीरमा रहेको अनावश्यक बोसोलाई १० डिग्री सेल्सियस तापक्रममा पुर्‍याई जमाउने र जमेको बोसोलाई टुक्र्याएर दिसापिसाब, पसिनाको माध्यम बाट बिकार बस्तुको रूपमा बाहिर निकालेर एक महिनामा २ देखि ७ केजिसम्म तौल घट्ने दाबी गरे ।

received_1176126385744642

पोखराको न्युरोडमा एक करोडभन्दा बढी लगानीमा संचालित हेल्दी होमको नायिका करिस्मा मानन्धर र नायक आर्यन सिग्देलले गत बैशाख एक गते उद्घाटन गरेका छन् भने डे टी र टी बोतल समेत लन्चिङ गरिसकेको जानकारी गराएको छ ।