एनआरएनए अध्यक्ष शेष घले बेल्जियममा


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घले बेल्जियममा आयोजित नेपाली मेलामा सहभागी बनेका छन्। राष्ट्रिय समन्वय परिषद बेल्जियमले आईतबार आयोजना गरेको गरेको एक दिने मेलामा केन्द्रिय अध्यक्ष घेल सहभागी बनेका हुन्।

शिरमा ढाका टोपि लगाउँदै अध्यक्ष घले गैर आबासीय नेपालीहरु माँझ मेलामा उपस्थित भएका छन्। मेलामा नौमती बाजा सहित ,बिभिन्न झाकीहरुको प्रदशनीले बेल्जियम नै यतिबेला नेपालमय बनिरहेको छ। मनै लोभ्याउँने गरी नेपालीपन झल्कने भेषभूसाका कारण पनि झनै सबैको मन आकर्षित गरेको हो। अहिले लुभेन शहरमा महोत्सव भईरहेको छ।

महोत्सवबमा बेल्जियम झन्डै चार दर्जन संघ सँस्थाहरु आ- आफ्नो ब्यानर लिएर सहभागी बनेका छन्। बेलायतबाट झिकाईएको नौमतीबाजाको धुनमा सर्ब-साधारण नेपालीहरु मात्र हैन,बिदेशीहरु पनि रमाउँदै महोत्सवमा सहभागी बनेका छन्।

12994504_10207828800375582_7694192416805523752_n-2कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदुत राममणी पोखरेल,,गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, बेल्जियम स्थित राजनीतिक दलका प्रतिनिधिहरु लगायत पार्लियामेन्ट सदस्यहरुको पनि सहभागिता रहेको आयोजकले जनाएको छ।

एक दिने महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्व सामू चिनाउने गरी बिभिन्न स्टलहरु राखिएका छन्।

नेपालको पर्यटन प्रबद्र्धन र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ सन् २००७ देखि शुरु भएको सो महोत्सव यसपाली नवौं हो ।

12990872_562973320537600_6295708097835829774_n13043466_562973480537584_3598713532445994028_n13001113_562973537204245_4975692925516634278_n13043414_1160449500640062_394483885278503211_n-2