बेल्जियम बन्यो नेपालमय (फोटोफिचर)


बार्सिलोना/ नौमती बाजा सहित ,बिभिन्न झाकीहरुको प्रदशनीले बेल्जियम नै यतिबेला नेपालमय बनिरहेको छ। मनै लोभ्याउँने गरी नेपालीपन झल्कने भेषभूसाका कारण पनि झनै सबैको मन आकर्षित गरेको हो। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आयोजनामा अहिले लुभेन शहरमा महोत्सव भईरहेको छ।

महोत्सवबमा बेल्जियम झन्डै चार दर्जन संघ सँस्थाहरु आ- आफ्नो ब्यानर लिएर सहभागी बनेका छन्। बेलायतबाट झिकाईएको नौमतीबाजाको धुनमा सर्ब-साधारण नेपालीहरु मात्र हैन,बिदेशीहरु पनि रमाउँदै महोत्सवमा सहभागी बनेका छन्।

कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदुत राममणी पोखरेल,गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले,गैर आबासीय नेपाली संघका पदाधिकारीहरु, बेल्जियम स्थित राजनीतिक दलका प्रतिनिधिहरु लगायत पार्लियामेन्ट सदस्यहरुको पनि सहभागिता रहेको आयोजकले जनाएको छ।

13055429_1160456470639365_8359719903421383517_nअहिले नेपाली नौमती वाजा गाजा, नेपाली कला-संस्कृति भेष-भुषा झल्कने झाँकी सहित मार्च पास गर्दै विश्व शान्तिको कामना गर्ने कार्यक्रममा भई रहेको छ । एक दिने महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्व सामू चिनाउने गरी बिभिन्न स्टलहरु राखिएका छन्।

नेपालको पर्यटन प्रबद्र्धन र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ सन् २००७ देखि शुरु भएको सो महोत्सव यसपाली नवौं हो ।

तस्बिर/:- युबराज गुरुङको फेसबुकबाट साभार

 

12985571_1160456397306039_4229034217243905294_n13001265_1160456357306043_7266479539431067367_n12998600_1160449620640050_1073029070572621413_n13015217_1160449583973387_6199351649649113264_n