अखिलको शुभकामना आदानप्रदान


पोखरा । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु ) क्षेत्र नं. ३ को आयोजनामा नव बर्ष २०७३ सालको अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा अनेरास्ववियु केन्द्रिय सदस्य आशिर्वाद सुवेदीले अहिलेको बर्ष भरी अनेरास्ववियुले शैक्षिक, सामाजिक र राजनैतिक कार्यलाई अगाडि बढाउने बताए ।

क्षेत्र नं. ३ का क्षेत्रीय संयोजक महेन्द्र पौडेलले संस्था भित्र गुटबन्दीले प्रसय पाएकोमा दुख व्यक्त गर्दै ब्यक्ति भन्दा संस्थागत बिकासकि आबश्यकत रहेको बताए ।

सो कार्यक्रममा अनेरास्ववियु त्री बि जिल्ला कमिटी अध्यक्ष विवेक देवकोटा, राष्ट्रिय परिषद सदस्य क्षितिज पौडेल, अनेरास्ववियु भूगोल जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, सचिव राजेन्द्र बर्तौला, पुर्व विद्यार्थी नेता कुमार लामा, स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव कृष्ण रानाभाट लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

क्षेत्रीय संयोजक महेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बासना क्षेत्रीले र संचालन सन्तोष पोखरेलले गरेका थिए ।