एनआरएनए नाईजेरियाद्धारा रसुवा र सुनसरीका स्कुललाई आर्थिक सहयोग


नेपालको सामाजिक क्षेत्र जस्तै शिक्षा, स्वास्थ आदिमा सहयोग गर्दै आएको गैर आवासीय नेपाली संघ एनआरएनए नाईजेरियाले हाल नेपालमा रहेका विभिन्न स्कुललाई सहयोग गर्ने अभियान अन्तरगत रसुवाको सेति भुमि.मा.वि र सुनसरीको सत्यसाई स्कुललाई आर्थिक सहयोग गरेको छ ।

एनआरएनए नेपालको टेकु स्थित कार्यलयमा एक कार्यक्रमको आयोजना गरि एनआरएनए केन्द्रिय कोषाध्यक्ष हिक्मत थापाले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।एनआरएनए नाईजेरियाका अन्य पदाधिकारीहरु समेत उपस्थित सो कार्यक्रममा रसुवाका सांसद जनार्दन शर्मा मार्फत रु १५ लाख र सुनसरीका सांसद मिन बिश्वकर्मा मार्फत नौं लाख एक हजार हस्तान्तरण गरेका छन् ।